तिहारमा दिदीबहिनी सम्झदै अस्पतालको वेडमा छटपटिएका विरामीका अगाडी जब नर्स टिकाको थाली बोकेर पुगिन्

चितवन – बिरामी परेर अस्पताल भर्ना हुनुपर्दा चाडपर्व मनाउन सम्भव नै भएन । सबैले पर्व मनाइरहँदा बिरामी भने विगतका पर्व सम्झेर अस्पतालको श्यया मै टोलाएर बस्नु बाहेक अर्को विकल्प हुँदैन ।चितवन मेडिकल कलेज भरतपुरमा फरक दृश्य देखियो । अस्पतालमा भर्ना भएका बिरामीलाई त्यहाँ कार्यरत नर्स एकाएक दिदी बहिनी बनेर भाइटीका लगाइ दिए । पर्व सम्झदै बसेका बिरामीमा एकाएक खुशीको सञ्चार भयो । बिरामीहरु आफ्नो पी’डालाई बिर्सिएर रमाउन थाले ।

प्रतिकृया दिनुहोस्