बालुवामा गा’डे’को अवस्थामा भेटियो शिशु, उपचार पछि यस्तो छ अवस्था

काठमाडौ – बालुवामा गाडिएको अवस्थामा सप्तरीमा नवजात शिशु फेला परेको छ । बोदे बरसाईन नगरपालिका(५ जाँजरस्थित खडक खोला ििकनारमा शिशु फेला परेको हो । शिशुलाई जिवितै उद्धार गरिएको सप्तरी प्रहरीले जनाएको छ ।स्थानीय उमेश साहका अनुसार टाउकोदेखि पेटसम्मको भाग जमिन मुनी थियो । शिशुको खुट्टाको भाग मात्र वाहिर देखिएको थियो । स्थानियले देखेर खबर गरेपछि पुगेको प्रहरीले उद्धार गरेको इलाका प्रहरी कार्यालय बोदे बर्साईनका सई अयोधिशरण यादवले बताए ।उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको शिशुलाई रेफर गरेपछि साँझ शिशुलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । अस्पताल प्रहरी बिटका प्रहरी हवल्दार रामशंकर यादवका अनुसार शिशुलाई लिएर अस्पताल आउने स्थानीय दम्पत्तीको जिम्मा लगाएर धरान पठाइएको छ ।

शिशुका बुवा(आमाको भने प्रहरीले खोजी गरिरहेको छ । दश दिनअघि सप्तरीको छिन्नमस्ता गाउँपालिका(३ स्थित नहरमा समेत वेवारिसे अवस्थामा एक नवजात शिशु बालक फेला परेको थियो । वेवारिसे अवस्थामा फालेको उक्त नवजात शिशु बालकलाई गजेन्द्रनारायण सिंह अस्पतालले एनआइसीयूमा राखेर चार दिन उपचार गरेपश्चात धरान रेफर गरेको छ ।जीवित अवस्थामा उद्धार गरिएको उक्त नवजात शिशु अहिले धरानस्थित प्रतिष्ठानमा सुरक्षित रहेको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ । भर्खरै जन्मिएको दुबै शिशु बालकको आमाबुवाबारे प्रहरीले हालसम्म पत्ता लगाउन सकेको छैन् ।

प्रतिकृया दिनुहोस्