चिहानबाट खनेर निकालिएको श्रीमतीको अवशेषसँग १६ वर्षदेखि सँगै सुतिरहेछन् यी व्यक्ति (भिडियो)

यतिबेला हिन्दु धर्मावलम्बीहरुको स्वास्थानीको ब्रत चलिरहेको छ । स्वास्थानिको कथामा एउटा अध्याय छ । जसमा सतिदेवीको निधन पछि भगवान शिवले उनको वियोग सहन नसकेर उनको श व लिएर विश्व भ्रमण गरेका थिए । उनको श व कुहिएर टु’क्रा टु’क्रा भएर नसकिँदा सम्म शिवले सतिदेवीको श व काँधमा बोकेर विश्वभर डुले । यो त एउटा धार्मीक कथा भयो । यस्तै कथासंग मेल खाने एउटा वास्तविक कथा पनि यो धर्तीमा छ ।

भियतनामका एक जना पुरुषले श्रीमतीको निधन भएपछि उनको वियोग सहन नसकेर श व गा’डेको स्थानवाट उनको अवशेष निकालेर त्यही अबशेषसंग १६ वर्ष देखि सुतिरहेका छन् । श्रीमतीको निधन सहन नसकेर उनले गा डेको चि’हान खनेर अवशेष निकाले, त्यसलाई प्लास्टर गरिएको मूर्तीभित्र राखे । उक्त मूर्तीसँग उनी विगत १६ वर्षदेखि सुतिरहेका छन् ।

जब ली भान नाम गरेका यि ब्यक्तिको यो वास्तविक कथा पत्याउन कठिन पर्छ । यो घटना सन् २००९ मा सार्वजनिक भए पनि धेरैले विश्वास गरेनन् । आफन्त र छिमेकीले प्रहरीकहाँ उजुरी दिएपनि उनले आफ्नो मायालाई भने छोड्न सकेका छैनन ।

भानको सन् १९७५ मा विवाह भएको थियो । निकै सानो उमेरमा विवाह भएका उनीहरुको ७ सन्तान भए । विवाह पछि यी दुईको प्रेम झाङ्गियो, उनीहरुको जीवन निकै खुसी साथ जिवन विताइरहेका थिए । ली भान सेनामा कार्यरत थिए । भानले सन् २००३ मा श्रीमतीको अचानक निधन भएको खबर पाए । उनी घर हानिए तर उनी घर पुग्नु अगावै श्रीमतीको अन्तिम संस्कार गरेर गा’डिसकिएको थियो ।उनले श्रीमतीको वियोग सहन नसकेर केही समय श व गा डेको स्थानमै गएर सुत्न थाले । जव वर्षाको समय आयो उनले श व नजिकै खा’ल्डो बनाएर त्यहीँ सुत्न थाले । छोराछोरीले थाहा पाएपछि उनलाई त्यसो गर्न दिएनन् । त्यस पछि उनले चिहान खने, त्यसपछि श्रीमतीको हड्डी जम्मा गरेर ब्यागमा राखे । त्यसपछि उनले महिलाको आकृति दिइएको एउटा खोक्रो मूर्तीलाई सिमेन्ट, प्लास्टर, बालुवा, ग्लूको प्रयोग गरेर बनाए र त्यसभित्र श्रीमतीको अवशेष राखे । त्यसपछि त्यो मूर्तीलाई आफू सुत्ने बेडमा राखे । त्यस दिनदेखि आजसम्म उनी श्रीमतीको अवशेषसँगै सुतिरहेका छन् ।

नेट न्यूज भियतनामका अनुसार ली भान पछिल्लो दुई वर्षदेखि ह्विलचेयरमा छन् तर उनी प्रत्येक राती आफ्नी श्रीमती सँगै सुत्न घिस्रिएर भएपनि खाटसम्म पुग्छन् । उनले श्रीमतीको अवशेष राखिएको मूर्तीलाई सधैं सफा गर्छन् र मेकअप गरेर दिनको दुई पटक लुगा फेरिदिन्छन् ।छोराछोरीले जति भने पनि उनले त्यो क्रम छोडेका छैनन् । आफु घर बाहिर भएका कारण श्रीमतीलाई नयाँ लुगा लगाइदिने अवसर नपाएको उनलाई पछुतो छ । त्यसैले प्रत्यक दिन श्रीमतीलाई दुई पटक लुगा फेरीदिन्छन् । मेकअप गरेर राम्री पार्छन ।

प्रतिकृया दिनुहोस्