बधाई छ गोर्खाहरुले गौरवपूर्ण इतिहास बेलायती सेनामा क्याप्टेन बने पहिलो नेपाली युवती अंशु गुरुङ

लण्डन । गोर्खाहरुले गौरवपूर्ण इतिहास स्थापित गरेको बेलायती सेनाको एक उच्च पदमा नेपाली युवतीले सम्भवतः पहिलोपटक भर्ती हुने सौभाग्य पाएकी छन् ।

भूतपूर्व गोर्खा सैनिक बाबुकी छोरी २७ वर्षीया दन्त चिकित्सक (डेन्टिस्ट) अंशु बेलायती सेनाको क्याप्टेन पदमा भर्ती भएकी हुन् ।
बेलायती सेनामा कुनै पनि नेपाली युवतीले हासिल गरेको सम्भवतः यो नै अहिलेसम्मको उच्च दर्जा हो ।

अंशु कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २२ भुम्दी घर भएका ६ गोर्खा राईफलका ‘कलर सार्जन’ अमर गुरुङ र भुम्दिकोट समाज यूके आमा समुहकी अध्यक्ष सुकु गुरुङकी कान्छी छोरी हुन् । गुरुङ परिवार बेलायतमा फार्नबरोमा बस्दै आएका छन् ।**** यो श्र को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला *****

उनका आफन्त समेत पर्ने साउथ इष्ट रिजनल तमु धिं उपाध्यक्ष एवम् तमु धिं यूके सल्लाहकार योगेश गुरुङका अनुसार, अंशुले रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्टबाट १० हप्ते तालिम पूरा गरेकी छन् ।

शनिबार मात्रै तालिम पूरा गरेकी उनले क्याप्टेन पदको फुली लगाएकी छन् ।गत वर्ष बेलायतको क्वीन म्यारी युनिभर्सिटीबाट दन्त चिकित्सक (डेन्टिस्ट)को अध्ययन पूरा गरेपछि अंशु बेलायती सेना प्रवेश गरेकी थिइन् ।

‘एकजना नेपाली चेली बेलायती सेनाको क्याप्टेनजस्तो प्रतिष्ठित जिम्मेवारीमा पुग्नु हामी सबैको लागि ठूलो गौरवको विषय हो’, आफ्नै साथीकी छोरीको सफलतामा उत्साहित योगेशले भने, ‘अंशुले हासिल गरेको उपलब्धि नयाँ पुस्ताका युवाहरुको लागि प्रेरणा बन्नेछ भन्ने विश्वास छ ।’*** यो श्र को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला *****

प्रतिकृया दिनुहोस्