पत्थरीको अपरेशन गर्ने भन्दै डाक्टरले बिरामीको अर्को मृगौला निकालिदिएपछि…

एजेन्सी – बिरामीको मृगौलामा पत्थरी भएकोले अपरेशन गरेर पत्थरी निकाल्नुपर्ने बताएका डाक्टरले अपरेशनको क्रममा बिरामीको अर्को मृगौला निकालिदिएपछि हंगामा भएको छ । भारतको बिहार राज्यको राजधानी पटनामा बेगुसरायका २० वर्षका युवक उपचारको लागि एक डाक्टरको क्लिनिकमा आएका थिए । डाक्टरले उनको बायाँ मृगौलामा पत्थरी भएकोले अपरेशन गर्नुपर्ने बताएका थिए।बिरामीको मृगौला निकालिएको कुरा अपरेशनपछि उनको पेट दुख्न थालेपछि खुलासा भएको थियो । जी न्यूजका अनुसार उनको पेट दुख्न लागेपछि उनका परिवार यसबारे बुझ्न पुनः डाक्टरकहाँ गएका थिए । डाक्टरले सुरुमा त यो कुरालाई पन्छाउन खोजे तर बिरामीको परिवार आफ्नो कुरामा अडिग रहेपछि डाक्टरले माफी माग्न थाले । डाक्टरले माफी माग्दै यो कुरा गुपचुप मिलाउन आग्रंह गरेका थिए।***

प्रतिकृया दिनुहोस्