आज एकै दिन सुनको मूल्य भारि गिरावट आएको छ ?

आज मंगलबार बजारमा सुनको मूल्यमा एकै दिन भारि गिरावट आएको छ। नेपाल सुनचाँदी महासंघका अनुसार तोलामा १८०० रुपैयाँले घटेको छ ।

छापावाल सुनको मूल्य प्रति तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

सोमबार तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ।

यसैबीच मंगलबार चाँदीको मूल्यमा पनि तोलामा ३० रुपैयाँ घटेको छ ।

सोमबार तोलामा १२१० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा ११८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्