“मानसिक तनाब र चिन्ता भएकाे अवस्थामा पनि आफ्नाे मनलाई कसरी कन्ट्राेल गर्ने ? जानिराखौ”

नेपालि समाजमा प्रचलित भनाइ छ, “चिन्ता भनेकाे चि*ताकाे बाटाे हाे ।” जिन्दगीमा अनेक परिस्थिती आउछन्, जहाँ हामी आफैलाइ बिर्सेर चिन्तामा डुबी रहेका हुन्छाैँ ।चिन्तित अवस्थामा आफ्नाे भावनालाइ कसरी कन्ट्राेल गर्ने ?

सबैभन्दा पहिले त आफु अरूका कारण दुखी भएकाे छु भन्रे कुरा दिमागबाट हटाउनुहाेस् । तपाइ भित्र जुन भावना र विचार आएका छन्, ति तपाइले नै सिर्जना गर्नुभएकाे हाे । “यि मेरा विचार र भावना हुन् । याे उनीहरूकाे जिन्दगी हाेइन, मेराे जिन्दगी हाे । याे उसकाे या उनीहरूकाे बारेमा हाेइन, मेराे बारेमा हाे” भन्रे सम्झिनुहाेस् । मेराे जिन्दगीकाे मालिक म आफु हुँ, त्यसैले मेराे जिवनमा आउने परिस्थितिकाे जिम्मेवार आफु हुँ भन्रे कुरालाइ दिमागमा राख्नुहाेस् ।

यस बारेमा प्रसिद्द लेखक जाेसेफ ग्रेनीले लेखेका छन्ः
तपाइ अहिले चिन्तामा हुनुकाे कारण के हाे, याे चिन्ता कहाँबाट सुरू भयाे, यसकाे कथा के हाे सबै याद गर्नुहाेस् । अब त्यसलाइ कथाकाे रूपमा डायरीमा लेख्नुहाेस् । अहिले सम्मका स-साना कुरा पनि नछुटाइ लेख्नुहाेस् । अब आफ्नाे त्याे कथालाइ पढ्नुहाेस् । ध्यान दिएर पढ्नुहाेस् । र, आफ्नाे त्याे कथालाइ शिर्षक दिनुहाेस् ।

अब तपाइले कथामा आफुलाइ कस्ताे अवस्थमा देख्नुहुन्छ ? आफुलाइ त्यहाँ कस्ताे ठाउँमा पाउनुहुन्छ ? कथालाइ विश्लेषण गर्नुहाेस् । के अब तपाइ आफ्नाे बाँकी जिवन कथाकाे त्यही पिडित पात्र बनेर जिउन चाहनुहुन्छ ? के तपाइ याे कथालाइ त्यही दुखद अन्त्यकाे रूपमा लिनुहुन्छ ? या तपाइ याे कथामा एउटा सुखद माड आअाेस् भन्रे चाहनुहुन्छ ? कथाकाे पात्र अथवा आफुलाइ पिडित हाेइन, एउटा हिराे या विजेताकाे रूपमा उभ्याउन चाहनुहुन्छ ?

लेखक ग्रिनले भनेजस्तै जब तपाइले आफ्नाे कथाकाे विश्लेषण गर्नुहुन्छ, तब तपाइले आफुलाइ एउटा याेद्दाकाे रूपमा पाउनुहुन्छ । त्यसपछी तपाइले आफ्नाे जिवनका प्राथमिकताहरू सम्झिनुहाेस् र डायरीमा लेख्नुहाेस् । त्यसपछी ति प्राथमिकतालाइ पटक पटक पढ्नुहाेस् । अब आफ्ना बलियाे पक्षहरू लेख्नुहाेस् र ति कुरालाइ पनि पटक पटक पढ्नुहाेस् ।

तपाइले गल्ति गर्नुभएकाे भए ति गल्तिलाइ स्विकार्नुहाेस् । ति गल्तिबाट सिक्नुहाेस् । आफ्ना प्राथमिकताबाट विचलित भएकाे भए अब ‘ट्रयाक’मा आउनकाे लागी याेजना बनाउनुहाेस् । सम्झनुहाेस् कि, तपाइकाे जिवनकाे मालिक तपाइ आफु हाे । तपाइकाे जिवनलाइ कस्ताे रूप दिने त्याे तपाइकाे हातमा छ ।

प्रतिकृया दिनुहोस्