टर्किश एयरलाइन्सको ला’परबाहीः एक नेपाली ५२ घण्टादेखी इ’स्तानबुलमा

काठमाडौं– कोरोना भाइरसको म’हामारी र विश्वका विभिन्न देशले सु’रक्षाका लागि गरेका लकडाउनका कारण स्वदेश फर्कन चहानेहरू अझै पनि सहज रुपमा फर्कन सक्ने अवस्था छैन । कुनै न कुनै बहानामा उनीहरू अ’प्ठेरोमा पर्ने गरेका छन् । उनीहरू बीचमा अलपत्रमा परेमा जिम्मा कसले लिने भन्ने अझै वि’वादित नै छ ।त्यसैको एक उदहारण हुन् विनिता शाह । धनुषा स्थिाई घर भएकी शाह एमबिबिएस पढ्नका लागि रूस गईन् । कोरोनाको जो’खिमका कारण अनलाइन कक्षाहरू मात्रै सञ्चालन भएकाले उनले नेपाल आउने नि’धो गरिन् ।

२१ नोभेम्बरमा उनले नेपालको यात्रा तय गरेकी थिइन् तर उनी अझै इ’स्तानबुलमा नै छिन् ।नोभेम्बर २१ राती रूसको राजधानी म’स्कोबाट इ’स्तानबुलको उडान रहेको शाह बताउछिन् । सबै प्रक्रिया पुरा भएकाले एयरलाइन्सले पनि उनलाई उडानको लागि अ’नुमति दिएको थियो ।तर जब उनी इस्तानबुल आइपुगिन् उनलाई नेपालको उ’डानको लागि अनुमति दिइएन् । कारण उनको पीसीआर परीक्षण । उनी भन्छिन्– ‘जब म ३ घण्टा इ’स्तानबुल विमानस्थलमा बसे र नेपालको लागि उ’डानको अनुमति लिन लागे तब उनीहरूले मलाई तिम्रो पीसीआर परीक्षण गरेको ५ दिन भएछ र यो मा’न्य हुने छैन भनेर भने ।’

उनको पीसीआर परीक्षण गरेको पाँच दिन भएकाले उनलाई नेपाल आउन स्वीकृती दिइएन् । ५२ घण्टादेखी उनी इ’स्तानबुलमा नै छिन् । उनलाई फेरी पीसीआर गर्नुपर्ने बा’ध्यता छ तर उनी नेपाली ना’गरिक भएको र नेपालको पासपोर्ट भएकाले उनलाई विमानस्थालबाट बाहिर गएर पीसीआर गर्नको लागि पनि अ’नुमति दिइने छैन । उनी फेरी म’स्कोपनि फिर्ता हुने अवस्था पनि छैन। उनलाई टर्किश एयरलाइन्सले कुनै प्र’तिक्रया दिएको छैन । उनी ५२ घण्टाबाट त्यही बस्न बा’ध्य भएकी छन् र उनलाई सो एअरलाइनसको तर्फबाट कुुनै पनि खाना र बस्नको लागि सहयोग पनि प्राप्त भएको छैन ।

गृहमन्त्रालय अन्तर्गतको विभागसँग बुझ्दा यस विषयमा कुनै पनि जानकारी नभएको जबाफ हामीले पायौं । त्यसैगरी परराष्ट्रमन्त्रालयले पनि आफूहरूलाईयस विषयमा कुनै पनि खबर नभएको बताएको छ । अध्यागमन विभागको भनाई पनि उही– ‘हामीलाई जानकारी छैन । ’ त्यसपछि पाकिस्तानस्थित नेपाली राजदूतावासका प्र’तिनिधिसँग सम्पर्क ग¥यौं । यस घ’टनाको पुरै जानकारी उनीहरूले लिइसकेपछि दूतावास सक्दो छिटो शाहलाई नेपाल फ’र्कनको लागि सहयोग गर्ने प्र’तिबद्धता जनाएका छन् । उनीहरूले भोली रातीको उ’डानबाट शाहको यात्रा तय गरिदिने बताएका छन् ।
सिधाकुरा का अरु लेखहरु

प्रतिकृया दिनुहोस्