राजेन्द्र खड्गीसँग राजेश हमाल संवाद : हमालको विदेशी गलफ्रेन्डबारे यसरी पोल खोले (भिडियो)

नेपाली फिल्मका खलनायक राजेन्द्र खड्गी प्रष्ट बक्ता हुन् । उनले आफुले देखेका कुरा प्रष्ट राख्ने गरेका छन् । उनको यस्तै बानीले फिल्म क्षेत्रका कति कलाकारको पोल समेत खुल्छ । उनी प्रष्ट बोल्ने भएकाले कसैले केही पनि भन्न सक्दैन । फिल्ममा उनी जति खलनायक देखिन्छन् उनी वास्तविक जिवनमा भने फरक छन् ।

तर उनको ब्यक्तित्व देखेर मानिसले उनलाई फिल्मकै खलनायक जस्तो सम्झन्छन् । उनले कति अन्तरवार्ताका क्रममा आफुलाई खलनायककै रुपमा वास्तविक जिवनमा पनि दर्शकले लिएर सोही अनुसारको ब्यवहार गरेको अनेक घटना सुनाएका छन् । प्रष्ट वक्ता राजेन्द्रले एक अन्तरवार्ताका क्रममा महानायक राजेश हमालका धेरैले थाहा नपाएका धेरै कुरा सार्वजनिक गरिदिएका छन् । कलाकार राजेन्द्रले महानायक हमालको विदेशी प्रेमिकाका बारेमा खुलासा गरिदिएका छन् । हमालको विवाह समेत भएको यति लामो समय पछि उनले विदेशी प्रेमिकाको बारेमा मिडियामा खुलाई दिएका हुन् ।

हाम्रो कला टिभीले उनीसँग गरेको राजेश हमाल संवादका क्रममा खड्गीले हमाल कुनैबेला अष्ट्रेलियन फोटोग्राफर लिनेलसँग प्रेममा रहेको प्रशंग उठाउँदै उनीसंगका केही घटना पनि बताएका छन् । खड्कीले भनेका छन्, ‘एकपल्ट लिनेल र राजेशको वि’वाद परेको रहेछ । म जाँदा रोइरहेकी थिइन् । राजेशलाई किन यस्तो गरेको भनेर प्रश्न गरेको त उसले अचानक मलाई के चढ्यो, त्यसैले मैले कपाल समातेर घुमाइदिए भन्ने जवाफ दिएको सुनाए । हेर्नुहोस भिडियो:

प्रतिकृया दिनुहोस्