वास्तुशास्त्र अनुसार विहान उठेर यी काम गर्दा बन्ने छ तपाईको दिन शुभ हुनेछ लाभ !!!

भनिन्छ, दिनको सुरुवात बिहानले गर्छ। बिहान तपाईले जस्तो काम गर्नुभयो त्यसको असर दिनभर पर्ने गर्दछ। यदी तपाईले राम्रो काम गर्नुभयो भने तपाई दिनभर नै तनाव तथा थकाम र सफलत बन्ने गर्दछ।वास्तुशास्त्रका अनुसार विहान गर्नु पर्ने केही यस्ता कामका बारेमा उल्लेख गरिएको छ।

यी काम तपाईले हरेक दिन बिहान गर्नुभयो भने तपाईको जीवन सधै सफल र खुसी हुने गर्दछ।विहान उठेर गर्नुहोस् यी काम:१) बिहानबिहानै हत्केला हेर्नुहोस:बिहान उठ्ने बित्तिकै आफ्नो हत्केला हेर्नुहोस । मान्यता यो छ की यो काम गर्नाले महालक्ष्मी, सरस्वतीको साथमा भगवान् विष्णुको कृपा समेत मिल्छ।
२)मन्दिर सफा गर्नुहोस:घरको मन्दिरमा मुर्ति र पुजाको सामान सही ढंगले सजाएको हुनपर्छ।

यसबाट देवीदेवता प्रशन्न हुन्छन् र कुन्डलीको दोष पनि शान्त हुनसक्छ।३) बिहानै भूमीलाई ढोक्नुहोस्:बिहान बेडबाट खुट्टा भुँईमा राख्नभन्दा पहिले भूमीलाई प्रणाम गर्न पर्छ। साथमा क्षमा पनि माग्नुपर्छ किनभने धर्तिमा खुट्टा राख्दा धर्ती मातालाई अपमान गरेजस्तो हुन्छ । हामीले धर्तिमा बाध्यताले खुट्टा राख्नु पर्ने भएकाले ढोक गर्नु शुभ मानिन्छ।

४)गाईलाई रोटी खुवाउनुहोस्:सधै बिहान जब रोटी बनाउनुहुन्छ तब पहिलो रोटी गाईको लागि छुट्याउनुहोस। तपाईको घर वरपर गाई छ भने त्यो रोटी गाईलाई खुवाउनुहोस। यसतो अर्थ लक्ष्मी माताको सेवा हो। रोटी नभए अन्य कुनै पनि आहारले लक्ष्मी माताको सेवा गर्न सकिन्छ।५)सूर्यलाई जल चढाउनुहोस्:सधैं बिहान सुर्यलाई जल चढाउन पर्छ। यस उपायबाट घरपरिवार र समाजमा मान सम्मान पाइन्छ र सुर्य सँग सम्बन्धित दोष छ भने त्यसबाट पनि मुक्ति पाइन्छ।

यो पनि :वास्तुशास्त्र अनुसार यी पाँच कुराले घरमा निम्त्याउँछन् गरिबी र अशान्ती, यसरी हटाउनुहोस् !!!:वास्तुशास्त्र अनुसार परिवारका सदस्य यदि बिरामी र तनावमा भइरहन्छन् भने यसको कारण घरको मुख्यद्वार पनि हुनसक्छ ।मुख्यद्वारसँग जोडिएका वास्तु दोषका कारण घरका सदस्य शारिरिक, मानसिक र आर्थिक रुपमा विचलित हुन्छन् । वास्तुशास्त्रका विभिन्न ग्रन्थमा घरको मुख्यद्वारसँग सम्बन्धित विशेष जानकारी दिइएको हुन्छ जसबारे ध्यान दिँदा तनाव, रोग र अनावश्यक खर्चबाट बचाउन सकिन्छ।

यसका साथै घरमा शान्ती कायम रहन्छ । वास्तु शास्त्रमा यस्ता पाँच दोषबारे बताइएको छ जसका कारण घरमा गरिबी भित्रिन्छ ।१. घरको मुख्य ढोका काठको हुनुपर्छ र बाहिरतर्फ खोलिनुपर्छ । भित्रतिर खोलिने ढोकाका कारण घरका मूलीले तनाव र विभिन्न रोगको सामना गर्नुपर्छ । धातुको ढोका राख्दा धोका पाउने सम्भावना अत्यधिक हुन्छ ।

यद्यपी, फेंग सूईले भने घरको ढोका भित्रतिर नै खोलिएको राम्रो बताउँछ ।फेंग सूईका अनुसार घरको ढोका भित्रतिर खोलिनुको अर्थ आमन्त्रण गर्नु हो र यसरी ढोका खोल्दा फेंग सूई इनर्जी भित्रिने गरिन्छ । फेंग सूईले पनि घरको ढोका ऊर्जा पोषणका लागि निकै महत्वपूर्ण हुने बताएको छ ।२. घरको मुख्य ढोका घरका अन्य ढोकाभन्दा ठूलो हुनुपर्छ ।

यदि यो सानो भए आर्थिक समस्याको सामना गर्नुपर्छ ।३.सूर्योदयका बेला घरको झ्याल ढोका खुल्ला हुनुपर्छ । यसले सकारात्मक ऊर्जा घरमा भित्रिन सहयोग गर्छ । यतिबेला झ्याल बन्द रहँदा घरका सदस्यले स्वास्थ्यसम्बन्धि समस्या झेल्नुपर्छ ।४. घरका कुनै पनि ढोकामा वा त्यसको पछाडि चक्कुलगायतका कुनै पनि धारिलो वस्तु राख्न हुँदैन ।

यसो गर्दा परिवारका सदस्यबीच संघर्ष र तनाव बढ्नसक्छ।५.घरको कुनै पनि बेडरुममा वास बेसिन हुनु हुँदैन । यस्तो हुँदा दाम्पत्य जीवनमा विश्वासको कमी आउने गर्छ । यदि पहिले नै राखिएको छ भने वास बेसिनको अगाडि पर्दा राख्नुहोस् ।

यो पनि :कुन बार के गरेमा तपाईको जिवनमा आर्थिक लाभहुन्छ?नछुटाई हेर्नुहोस:हिन्दू धर्मावलम्बीहरुले आजको दिन शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्।साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ । माता लक्ष्मीको व्रत बसी विधिवत रुपमा पूजा आराधना गर्नुपर्ने मान्यता रहेको छ । जसले जीवनभर तपाईंको आर्थिक पक्ष बलियो बनाउन सहयोग पुर्‍याउँछ ।

प्रतिकृया दिनुहोस्