दिपक मनाङेकी श्रीमती पक्राउ मनाङे भन्छन–गल्ती गर्ने कसैलाई छोड्दीन राजाबादी कार्यक्रमको रहस्य के? (भिडियो)

गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दिपक मनाङ्गेकी श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ । राजीवको श्रीमति दिक्षेन लामालाई मुर्ती चोरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी सुशीलसिंह राठौरले लामालाई पक्राउ गरेको पुष्टि गरेका छन् । लामालाई जिल्ला अदालत कास्कीको पक्राउ पुर्जी अनुसार मकवानपुरको हेटौंडाबाट प्रहरीले पक्राउ गरेको हो । मंगलवार ममकवानपुर प्रहरीले पक्राउ गरी लामालाई कास्की पठाइएको प्रहरीले जनाएको छ ।

लामाले बुहुमुल्य धातुबाट बनेको बुद्ध मुर्ति र केही भाँडा चोरेको आरोप लागेको छ । यस विषयमा सभासद दिपकले भने अनौठो जवाफ दिएका छन् । एक टेलिभिजनमा दिएको अन्तरवार्ताका क्रममा उनले श्रीमतीसंग आफ्नो सम्बन्ध राम्रो नभएको बताएका छन् । उनले श्रीमती विरुद्ध आफै उजुरीमा गएको बताएका छन् । उनले आफ्नो घरवाट पनि श्रीमतीले सामान लिएर हिडेको बताएका छन् । कतिपयले सांसदले नै श्रीमतीलाई अप्ठेरोमा पारेको आरोप समेत लगाएका छन् । यो विषयमा पनि उनले जवाफ दिएका छन् । भिडियो:

प्रतिकृया दिनुहोस्