डा.रंगीनाको नेतृत्वमा बिना चिरफार ४ किलो सिस्टको सफल शल्यक्रिया

ब्लु क्रस अस्पतालले बरिष्ठ स्त्री रोग विशेषज्ञ डा.रंगीना को नेतृत्वमा बिना चिरफार करिब ४ किलो सिस्टको सफल शल्यक्रिया गरेको छ।

अस्पतालले दुरबिनको सहायताबाट गरिने ल्यापरोस्कोपिक मार्फत एक महिलाको ४ किलो तौल बराबरको डिर्मोइड सिस्टको सफल शल्यक्रिया गरेको हो। डा.रंगीना लाईकमबम, बरिष्ठ स्त्री रोग विशेषज्ञको नेतृत्वमा सो शल्यक्रिया सफल गरिएको अस्पतालले जनाएको छ। जसले विश्व प्रशिद्ध केल युनिभरसिटी, जर्मनीबाट आफ्नो विशेषज्ञता हासिल गरी हाल बिरामीहरुको सेवामा लागि रहेकी उनले अस्पतालमा पहिलो पटक यो प्रविधिबाट उपचार गराएकी हुन्।

यस शल्यक्रिया स्वास्थ्य जगतमा एउटा उदाहरणको रुपमा प्रस्तुत रहेको अस्पतालको दाबी रहेको छ। करिब ९ महिनाको गर्भमा रहेको बच्चामा हुने तौल बराबरको उक्त सिस्टलाई कुनै चिरफार बिना नै उक्त ल्यापरोस्कोपिक प्रविधिबाट शल्यक्रिया भई एकै दिनमा बिरामी आफ्नो दैनिकीमा फर्कन सक्ने अवस्था सृजना भएको ब्लू क्रस हस्पिटलको भनाई छ।

प्रतिकृया दिनुहोस्