यस कारण लगाउँथिन् सीताले वनबासको समयमा पहेँलो कपडा !

महाभारत र रामायण नसुन्ने मानिस नेपालमा सायदै नहोलान् । तपाइँले रामायणमा राम, सीता, लक्ष्मण, हनुमान, रावण लगायत धेरै पात्रहरुको कथा सुन्नु नै भएकै होला ।आज हामी तपाईलाई माता सीताले वनबासको बेला किन पहेँलो रङकै कपडा लगाइन् भन्ने कुराको बारेमा जानकारी दिनेछौँ ।भगवान श्रीराम, लक्ष्मण र सीताले वनबासको बेला पहेँलो रङकै कपडा लगाएका थिए । १४ वर्षको वनबासमा मोह, माया र घमण्डरहित भएर वनबासमा जानुपर्ने थियो ।त्यसैले उनहरुले राजसी कपडाहरु त्यागेर अन्य कपडा लगाए ।

साधु सन्तहरुले तपस्यामा गएका बेला गेरु कपडा लगाउँछन् । तर उनीहरु साधुसन्त नभएकोले गेरु कपडाको स्थानमा पहेँलो रङको कपडा चुनेका थिए ।उनीहरु तपस्याको लागि गएको तर साधु, सन्यासी नभएकोले पहेँलो रङको कपडा लगाएको कुरा धर्मशास्त्रमा वर्णन गरिएको छ ।महाभारत ग्रन्थका ४ रहस्यमय कथाप्रसङ्गहरू, जुन तपाईँलाई थाहा नहुन सक्छ!हिन्दु धर्मका ग्रन्थहरूमा कतिपय यस्ता कथाहरू उल्लेख गरिएका छन्, जुन रोचक मात्र नभएर त्यसले विशेष प्रकारका सन्देश पनि बोकेका हुन्छन्। महाभारतमा पनि यस्ता धेरै कथाप्रसङ्गहरू छन्, जसलाई खासै ख्याल नगरिए पनि शिक्षाप्रद मानिन्छन।पवित्र महाभारत ग्रन्थका ४ रहस्यमय कथाप्रसङ्गहरू, जुन तपाईँलाई थाहा नहुन सक्छ।

१. अर्जुन बने हिजँडा:इन्द्रलोकमा, अप्सरा उर्वसीले अर्जुनसँग प्रेमको प्रस्ताव राख्छिन्, तर अर्जुनले उनलाई “आमा”को संज्ञा दिएपछि, उर्वसी क्रोधित भई अर्जुनलाई श्राप दिन्छिन्। पुरुष्व गुमोस भनी उर्वसीले श्राप दिएको कुरा इन्द्रलाई थाहा हुन्छ। त्यसपछि इन्द्रदेवले अर्जुनलाई सोही श्रापले एकदिन साथ दिनेछ र पछि फेरि पुरुषत्व फिर्ता हुनेछ भनी भविष्यवाणी गर्छन्।नभन्दै, कुरुक्षेत्रको युद्धको बेला उर्वसीको श्रापले अर्जुनलाई साथ दिन्छ। १२ वर्षको वनबासपछि, पाण्डवहरूले राजा विराटको महलमा १ वर्ष बिताउनुपर्ने थियो। अर्जुनले आफूलाई लागेको श्रापको सदुपयोग गरी ‘ब्रिहानल्ला’ नाम गरेको हिजँडा बनी बसेका थिए।

२. कृष्णले वाचा तोडे:महाभारतको युद्ध अगावै, कृष्णले कुनै पनि हतियार नउठाउने वाचा गरेका थिए। साथै, भिष्मपितामहले पनि युद्धमा सहभागी भएर अर्जुनको वध गर्ने र कृष्णलाई वाचा तोड्न बाध्य बनाउने वाचा दुर्योधनसँग गरेका थिए। अर्जुन र भिष्मपितामहको घमासान युद्ध भयो। हुन त अर्जुन पनि महावीर योद्धा थिए, तैपनि भिष्मपितामहको अगाडि उनको कुनै सीप लागेन। भिष्मपितामहले हानेको वाणले अर्जुनको कवच तोडेर धनुष पनि भाँचिदियो। भिष्मको क्रोधको अगाडि अर्जुन साहाराविहीन भैसकेका थिए।

त्यसपछि, जब भिष्मले अर्जुनलाई वध गर्नको लागि वाण उठाए, श्रीकृष्णले सहन नसकी आफ्नो रथबाट उत्रिई रथको पाङ्ग्रा उठाएर भिष्मलाई मार्ने ध्येयले प्रहार गर्न लागे। यो देखि अर्जुनले कृष्णलाई सम्हाल्न प्रयास गरे, तर कृष्णले आफ्नो चेलाको सुरक्षाको लागि जस्तोसुकै वाचा पनि तोड्ने कुरा गरेपछि अर्जुन स्तब्ध भएका थिए।३. महाभारत युद्धमा कृष्ण कसरी पाण्डवको पक्षमा आए?महाभारतको युद्धको लागि कृष्णको साथ माग्न दुर्योधन र अर्जुन दुवै द्वारिका पुगेका थिए। दुईमध्ये द्वारिका पहिला पुग्ने दुर्योधन थिए। तर, सत्याकीले कृष्ण सुतिरहेको बताएपछि, दुर्योधन र अर्जुन कृष्ण सुतेकै ठाउँ छिरे। कृष्ण सुतेको कोठामा पनि दुर्योधन नै अगाडि छिरे र कृष्णको टाउको भएतर्फ उभ्भिए। अर्जुन चाहिँ कृष्णको पाउतर्फ उभ्भिई दुई हात जोडी प्रणाम गरे।

त्यसपछि कृष्ण आफ्नो निन्द्राबाट उठ्दा आफ्नो अगाडि अर्जुनलाई दुई हात जोडेको देखे। दुर्योधनले आफू पहिला आएको भन्दै कृष्णलाई कौरवहरूको साथ दिनलाई आग्रह गरे। तर कृष्णले मुस्कुराउँदै, सुरुमा अर्जुनलाई देखेका हुनाले पाण्डव र कौरव दुवैको साथ दिनुपर्ने कुरा बताए। फेरि कृष्णले युद्धमा कुनै पनि हतियार नउठाउने वाचा गरेका थिए।सुरुमा कान्छो व्यक्तिले पालो पाउने धर्मको नियम रहेको हुनाले, कृष्णले सुरुमा पाण्डवहरूको साथ दिने निर्णय गरे। यो निर्णय सुनी अर्जुनले आँखाभरी आँशु लिँदै कृष्णको पाउमा शरण लिन पुगे। यो निर्णय देखि दुर्योधन पनि खुसी थिए। पछि, महाभारत युद्धमा कृष्ण अर्जुनको सारथी बनेका थिए।

४. युधिष्ठिरको सत्य बोली:महाभारतमा युधिष्ठिरलाई कहिल्यै पनि झुट नबोल्ने योद्धाको रूपमा चिनिन्छ। तर, महाभारतको युद्धमा, द्रोणले पाण्डवका हजारौँ लडाकुहरूलाई मारेको देखेर कृष्णले एउटा जुक्ति निकाले। द्रोणलाई उसको छोरा ‘अस्वथ्थमा’को मृत्यु भएको कुरा सुनाउने निर्णय भयो, ताकी द्रोणाले आफ्नो हतियार फाल्नेछन् र सजिलै वध गर्न सकिनेछ।

यो जुक्तिलाई काममा ल्याउन भीमले अस्वथ्थमा नाम गरेको हात्तीको वध गर्छन् र द्रोणले सुन्ने गरी अस्वथ्थमा मरेको घोषणा गर्छन्। यो कुरा सुनेर द्रोणले सत्य कुरा थाहा पाउनको लागि युधिष्ठिरलाई सोध्छन्। तर युधिष्ठिरले झुट बोल्न पनि सक्दैनन् र झुट नबोले द्रोणले आफ्ना सबै योद्धाहरूलाई मारिदिन्छन् भन्ने सोँचले ‘प्रहा कुञ्जरा हाः” भन्छन् (मानिस मरेको हो कि हात्ती मरेको हो थाहा छैन)।युधिष्ठिरले झुट बोल्न सक्दैनन् भन्ने कुरा कृष्णलाई थाहा थियो त्यसैले सबै योद्धाहरूलाई चर्को आवाजमा ढोलक बजाउन आदेश दिन्छन्, ताकि युधिष्ठिरले बोलेको द्रोणले नसुनुन।त्यसपछि, द्रोणले आफ्नो छोराको मृत्यु भएको ठानेर गरेर शोकाकुल हुन्छन् र आफ्नो हतियार फालिदिन्छन्, पछि उनलाई ‘धृष्टध्युम्न’ले वध गर्छन्।

प्रतिकृया दिनुहोस्