हार्दिक श्रद्धाञ्जली #RIP ?? टिकटक बनाउने क्रममा पुलबाट खसेर ग’म्भीर घाइते भएका रमेश थापाको मृत्यु

टिकटक बनाउने क्रममा पुलबाट खसेर ग’म्भीर घाइते भएका रमेश थापाको मृत्यु

दाङ : दाङको बबई गाउँपालिका वडा नम्बर ५ पुरन्धारा छहरा नजिकमा रहेको झुलुंगे पुलमा टिकटक बनाउने क्रममापुलबाट खसेर गम्भीर घाइते युवकको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बिजौरी निवासी २४ वर्षीय रमेश थापा रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिए । शनिबार दिउँसो दुई बजेतिर पुलबाट खसेपछि गम्भिर घाइते थापाको आज विहान कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

टिकटक बनाउन बस र घरको छतबाट हाम फाल्ने युवकका टिकटक भाइरल (भिडियो)

टिकटकमै घरको छत र बसबाट जिमन्यास्टिक गरेर चर्चामा आएका गोरख तिरुवा मिडियामा आएका छन् । प्रतिभाशाली गोरख तिरुवाले प्रतिभालाई सहि सदुपयोग गर्ने ठाउँ टिकटक भएको बताउँदै आफुले प्रशिक्षण लिएरै यस्तो कार्य गर्दै दर्शकहरुको मन जित्दै आएको बताए । दुर्गम जिल्ला कालिकोटका तिरुवाले शिशिर भण्डारीको नयाँ नयाँ न्युज नेपालको अफिस भित्रै अनेक स्टण्ट र योगा देखाउँदै सबैलाई अचम्ममा पारे ।

गोरखको यहि कलालाई देखेर उनलाई एक नेपाली चलचित्रबाट पनि अफर आईसकेको छ । दुर्गम जिल्लाबाट उदाएर नेपाली चलचित्र आँधी तुफान २ मा काम गर्न लागेका मात्र १७ बर्षका गोरखसँगको कुराकानी र उनको डरलाग्दा स्टण्टहरु, हेर्नुहोस

प्रतिकृया दिनुहोस्