सपनामा के के देख्दा कस्तो असर ?

काठमाडौं । सपना देख्ने क्रममा यस्ता पनि देख्छौ जुन स्थान र दुश्य जीवनमा नै कहिल्यै देखेका हुँदैनौ ।

यसैकारण सपनामा आधारित भएर जीवनमा घट्ने घटनाको अड्कल गर्न सक्छौ ।

वस्तुसँग सम्बन्धित स्थानको सपना देखेमा के असर पर्न सक्छ त्यसको बारेमा जानकारी लिउँ–

सपनामा यदि नयाँ शहरमा प्रवेश गरेमा तपाइँको इच्छा पुर्ण हुनेछ ।

सपनामा पैतृक घरको ढोका देखेमा आउने दिन खुशी र गृहस्थ जीवनमा सुख प्राप्तिको संकेत हो ।

उजाड, भत्केको वा टुटे फुटेको घर देखेमा तपाइँको व्यवसायमा हानि, स्वास्थ्यमा समस्या वा मायामा धोका हुने संकेत हो ।

सपनामा उडेको देखेमा निकट भविष्यमा विदेश यात्रा तथा लामो यात्रा हुने वा सो यात्रा निकै लाभदायक हुने संकेत हो ।

सपनामा यदि नयाँ घर देखेमा यसको अर्थ पेशामा निकट भविष्यमा परिर्वतन सम्भव हो ।

सपनामा शहर जल्दै गरेको देखेमा भविष्यमा दरिद्रताको संकेत हो ।

यसरी नै सपनामा कुनै ढोका देखेमा जो सँग तपाइँ डराइराख्नु भएको छ उसले कुनै हानी पु¥याउदैन भन्ने संकेट दिन्छ ।

सपनामा कुनै ठुलो ढोका खोलेको देखेमा धेरै ठुलो आश्चर्यजनक सफलता तपाईलाई मिल्नेछ ।

यदि सपनामा भिडको साथमा कुनै ढोका प्रवेश गरेमा कुनै पनि कार्यको सफलता नजिक भएको संकेत हो । धार्मिक ग्रन्थको आधारमा

प्रतिकृया दिनुहोस्