रमेश प्रसाईको आयु माग्दै नन्दा सिह भिडियो भयो भाइरल ( भिडियो हेर्नुस् )

आफ्नो बोलीबाटै करोडौं दर्शक तथा स्रोताको मन जितेका रमेश प्रसाइर्ं भर्खरै विवाह बन्धनमा बाँधिएका छ्न । उनले कालीकोट महाबै गाउँपालिका-४ की नन्दा सिंहसँग लगनगाँठो कसेका हुन् । रमेश र नन्दाको विवाह समारोह धरान नगरपालिका-१ स्थित उद्योग बाणिज्य संघको पार्टी प्यालेसमा भएको थियो ।बिवाह समारोहमा दुबै तर्फका नजिकका आफन्त र केही सञ्चारकर्मीको समेत उपस्थिति रहेको थियो । ३ वर्षको प्रेम सम्बन्धलाई रमेश र नन्दाले विवाह गरेका हुन् । नेपाली परम्परा अनुसार बिवाह गरेका रमेश र नन्दा बैवाहिक समारोहमा निकै खुसी देखिएका थिए ।

स्नातक तहसम्म अध्ययन गरेकी नन्दा अहिले सामाजिक कार्यमा सक्रिय छिन् । केही वर्ष अघिदेखि उनी काठमाडौंको चाबहिलमा बालगृह सञ्चालन गरिरहेकी छिन्

विवाहपछि नन्दा र रमेश टिकटिकमा निकै नै छएका छ्न । उनीहरूलाई टिकटिकमा निकै नै रुचाएका छ्न जसरी उनीहरूलाई बाहिरी दुनियाँमा रुचाउँछन् । नन्दा र रमेशका भिडियोहरु अहिले टिकटकभरी भाइरल नै बनेका छन । नवजोडिले पछिल्लो समय टिकटिकमा तहल्कै मच्चाएको छ । २४ घण्टामै १० लाख भन्दा बढी भ्युज पाएको यस भिडियोमा १ लाख १३ हजार भन्दा बढी त लाइक नै रहेको छ । त्यस्तै यहाँ ५ सय भन्दा बढी त निकै नै राम्रा राम्रा प्रतिक्रिया रहेका छ। अब प्रस्तुत छ सोही भिडियो

प्रतिकृया दिनुहोस्