श्रीमानले जुवा खेलेरै करोडौँको लगाए ऋण करोडौँ सम्पत्ति स्वाहा श्रीमती रुदैं मिडियामा (भिडियो)

विगत १५ वर्षदेखि जुवाको लतमा फसेका रुपन्देही कञ्चनगाउँपालिकाका दधीराम भट्टराईले जुवा खेलेरै परिवारलाई १ करोडको ऋण लगाएका छन् । उनको श्रीमतीको भनाई अनुसार दधीरामले जुवा खेलेर भएको चल अचल सबै सम्पत्ति जुवामा हारेर सम्पन्न आफ्नो परिवारलाई विपन्न वर्गमा झारेका छन् । यतिमात्र नभई जुवा खेल्नलाई पैसा नपुगेर दधीरामले श्रीमतीको गहना समेत बेचेका छन् ।

दधीराम सानोतिनो जुवाडे हैनन् । उनी जुवा खेल्नकैलागी विदेश जाने गदर्छन् । यो समाचार बनाउँदा पनि अहिले यतिबेलाको समयमा दधीराम जुवा खेल्न भनेर भारतको गोवामा गएका छन् । उनले गोवामा जानेबेल श्रीमतीलाई थाहै नदिएर एउटा घडेरी सस्तो मूूल्यमा बेचेका रहेछन् । र घरबाट निस्कनु अघि उनले आफुलाई कसैले नखोज्नु भनेर चिठ्ठी लेखी सिरानीको तल छाडेर गएको कुरा उनकी श्रीमतीले रुँदै एक अन्तरवार्तामा बताएकी छन् । भिडियो:

प्रतिकृया दिनुहोस्