अविवाहित युवतीमा दूध चुहिने ‘समस्या र समाधान’

केही समयअघि राजधानीको एक कलेजमा स्नातक तहमा अध्ययनरत २१ वर्षीया युवतीले कक्षामा पढिरहेको समयमा अनौठो अनुभूति गरिन् ।
अचानक छाति चिसो भएर आयो । तत्काल त्यति वास्ता गरिनन् । तर छाति भिज्ने क्रम बढ्दै थियो । घरमा आएर हेर्दा स्त’नबाट दूध चुहिएको थियो । सुरुमा अनौठो लागेपनि यसलाई उनले गम्भीर रुपमा लिइनन् । तर अविवाहित उनमा यो समस्या बारम्बार दोहोरिने गर्न थालेपछि उनी निकै त’नावमा परिन् । र एक साथीको सुझावअनुसार चिकित्सककहाँ पुगिन् । खासमा उनमा यो समस्या प्रोल्याक्टिन ह’र्मोनका कारणले भएको रहेछ ।

के हो स्त’नबाट दूध चुहिने समस्या? स्त’नपान गर्ने बच्चा नहुँदा वा अविवाहित महिलाको स्त’नबाट दुध चुहिने सम’स्या भइरहेको हुन सक्छ । के कारणले दुध चुस्ने बच्चा नभएको समयमा पनि स्त’नबाट दुध बगिरहन्छ ? यसबारे जानकारी हुनु आवश्यक छ। हाम्रो मस्तिष्कमा पिट्युरी ग्रन्थी हुन्छ । यसबाट प्रोल्याक्टिन हार्मोन उत्पादन हुन्छ । यो हार्मोनको काम स्त’नको विकास गर्ने र बच्चा जन्मिएपछि दूध बनाउने हो । यो हा’र्मोन आवश्यक मात्रामा उत्पादन भइरह्यो भने केही असर पर्दैन ।

यसको मात्रा बढ्यो भने स्त’नपान नगराउने महिला, अविवाहित महिला तथा पुरुषमा पनि दूध चुहिने स’मस्या हुन सक्छन् । प्रोल्याक्टिन हर्मोनको मात्रा बढ्ने अवस्थालाई ‘हाइपरप्रोल्याक्टिमेनिया’ भनिन्छ। पिट्टुयरी ग्रन्थीमा कुनै कारणवश पलाउने ट्युमर, विभिन्न औषधिको असर वा अन्य कुनै रोगका कारण हा’र्मोनको मात्रा बढेको हुनसक्छ ।

खासगरि ग्याष्ट्रिक, साइकाट्रिससम्बन्धी औषधिको प्रयोग, धेरै कसिलो लुगा लगाउँदा या मस्तिष्कमा कुनै चो’ट लागेको भएपनि यो सम’स्या देखिन सक्छ। यस्तो समस्या विश्वका १ प्रतिशत मानिसमा देखिन्छ ।

बढी महिलामा नै भएको पाइन्छ । समयमा उपचार गरेमा यसको स’मस्याबाट मुक्ति पाउन सकिन्छ । यो धेरै देखिने रोग भने होइन।

यो रोग उपचारबाट निको हुन्छ । तर औषधि भने लामो समय लिनुपर्छ । कम्तिमा दुई वर्षदेखि सात–आठ वर्षसम्म पनि औषधि सेवन गर्नुपर्ने अवस्था आउन सक्छ । स्त’नपान गराउने महिले स्त’नपान गराउन छाडेपछि पुन औषधि खानुपर्ने पनि हुनसक्छ । सामान्यता औषधि दिएरै प्रोल्याक्टिनको उपचार गरिन्छ । पिट्युरी ग्रन्थीमा ट्युमर पलाएको छ भने शल्यक्रिया पनि गर्नुपर्ने हुनसक्छ।

माइक्रोएडेनोमा १० मिलिमिटरभन्दा सानो हुन्छ । त्योभन्दा ठूलो ट्युमर छ भने म्याक्रोएडेनोमा भनिन्छ । माइक्रोएडेनोमा प्रोल्याक्टिनोमको उपचारका लागि औषधि नै प्रयोग गरिन्छ । तर म्याक्रोएडेनोमा छ भने शल्यक्रिया पनि गरिन्छ । प्रोल्याक्टिन हार्मोनको मात्रा बढेपछि महिला–पुरुषमा विभिन्न लक्षण देखिन थाल्छन् ।

यौ’नसम्प’र्क गर्न मन नलाग्ने, अल्छी लाग्ने, महिलामा महि’नावारी अनियमित हुने, घाँटी दुख्ने वा सं’क्रमण हुनेजस्ता लक्षण देखिन सक्छन्। यस्तै, बाँ’झो’पन, हड्डी कमजोर हुने तथा यो’नीमा दुखाई हुनेजस्ता स’मस्या हुन सक्छन् । आँखामा पनि विभिन्न स’मस्या देखिन्छन् । किनकि अप्टिक नली पिट्युरी ग्रन्थीनजिकै हुन्छ । यो ग्रन्थीमा सम’स्या आउनेबित्तिकै अन्य सहायक नलीको विकासमा समेत रोकावट ल्याउन सक्छ । पुरुषहरुमा स्तन बढ्ने पनि हुनसक्छ ।

हाइपरप्रोल्याक्टिमेनिया मष्तिस्कबाट आउने भएकाले आफ्नो बे्रेनलाई हरेक सम’स्याबाट मुक्त राख्नुपर्छ । छातीको स’मस्याले पनि यस्तो सम’स्या हुनसक्छ । कहिलेकाँही क्या’न्सरको सम्भावना हुने भएकाले यस्तो स’मस्या देखिए तत्काल चिकित्सको परामर्श लिनुपर्छ !

प्रतिकृया दिनुहोस्