पाथीभरा क्षेत्रमा भि‘षण आ‘गलागी मन्दिरनै जो‘खिममा, हेलिकोप्टरले बाहेक आगो निभाउने अवस्था छैन !

काठमाडौं , नेपालकै शक्तिपीठ मानिने ताप्लेजुङमा अवस्थित पाथीभरा क्षेत्रमा लागेको आगो नियन्त्रण बाहिर हुँदा मन्दिर क्षेत्र नै जो‘खिममा परेको छ। स्थानीय सामुदायिक वनमा लागेको आ‘गो मन्दिरतर्फ बढी रहेको र मानिसले नियन्त्रण गर्न सम्भव नभएको पाथीभरा मन्दिरका कर्मचारी राजेन्द्र महतले जानकारी दिए। मन्दिरबाट करिव ३ किलोमिटर तल फावाखोलाको सिम्बु सामुदायिक वन क्षेत्रबाट सुरु भएको आ‘गो मन्दिरतर्फ बढी रहेको र मानवीय प्रयासले नियन्त्रण गर्न सम्भव नभएको महतले जानकारी दिए।

हावाको बे‘ग उकालो भागतर्फ केन्द्रित भएकोले आ‘गो बढ्न अझ स‘घाउ पुगिरहेको उनले बताए। आ‘गो पाथीभरा क्षेत्रको खानेपानी मुहानबाट उकालो बढी सकेकोले मन्दिर क्षेत्र जो‘खिममा परेको उनले बताए। ‘सुख्खा मौसम छ, भुईमा भएको बस्तुदेखि रुख समेत बल्दै गएका छन्’ मन्दिर क्षेत्र जो‘खिममा परेको अवस्था सुनाउँदै उनले भने। अस्तिको दिनबाट सानो मात्रामा देखिएको आ‘गो हिजो पाथीभरा क्षेत्रका स्थानीय, प्रहरी र पाथीभरा क्षेत्रका कर्मचारी सबै लागेर नि‘भाएको भएपनि फेरि जंगलमा कसरी आ‘गो सुरु भयो भन्ने नि‘र्क्यौल नभएको उनले बताए।

प्रतिकृया दिनुहोस्