ज्योति मगरको स्वर रहेको ‘मगरनी मोरी’ बोलको गीत छिट्टै बजारमा आउँदै

काठमाडौ । आरसि विश्वकर्माको ‘मगरनी मोरी’ नामक गीति एल्बमको रिलिजको लागि शुभ मूहुर्त छिट्टै जुराइदै छ । उक्त गीतमा स्वर आरसि विश्वकर्मा र ज्योति मगरको रहेको छ ।

गीतको लय र सिर्जना भने स्वयम गायक विश्वकर्माको रहेको छ । उक्त गीति एल्बम छिट्टै रिलिज भएर बजारमा ल्याउने तयारी भैरहेको छ ।

यो पनि पढ्नुहोस्

हृदयचन्द्र सिंह पुरस्कार बराल र गोपालप्रसाद रिमाल पुरस्कार भट्टराईलाई

यस वर्षको हृदयचन्द्र सिंह स्मृति सम्मान वरिष्ठ समालोचक डा ऋषिराज बराल र गोपालप्रसाद रिमाल पुरस्कार साहित्यकार शार्दूल भट्टराईलाई प्रदान गरिएको छ ।

साहित्य सदनले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ साहित्यकार तथा समालोचक प्राडा राजेन्द्र सुवेदीले बराल र भट्टराईलाई सम्मान गर्नुभएको हो । हृदयचन्द्र स्मृति सम्मानको राशि रु २५ हजार तथा गोपालप्रसाद रिमाल पुरस्कारको राशि रु २० हजार रहेको छ ।

कार्यक्रममा आख्यानकार नारायण ढकालले पुरस्कृत स्रष्टाद्वयको साहित्यिक योगदानबारे समिक्षा गर्नुभएको थियो । सोही अवसरमा साहित्यकार वसन्त रिजालको पहिलो कविता सङ्ग्रह “ब्युँझिएपछि” को विमोचन गरिएको थियो । साहित्यकार डा विदुर चालिसेले विमोचित कृतिको समीक्षा गर्दै रिजालका कविता प्रगतिशील चेतले भरिपूर्ण रहेको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा साहित्य सदनका उपाध्यक्ष प्राडा हेमनाथ पौडेल, साहित्यकार सीता शर्मा, मित्रलाल पंज्ञानीलगायतले नेपाली साहित्यमा हृदयचन्द्रसिंह प्रधान र गोपालप्रसाद रिमालको विशिष्ट योगदानको चर्चा गर्नुभएको थियो । साथै स्रष्टाहरुले प्रधान र रिमालको स्मरणमा कविता वाचन गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्