७६ वर्षमा दोश्रो पटक दीक्षित भएका यी जोडीको प्रेरणादायी कथा

काठमान्डौ , ४५औँ त्रि।वि दिक्षान्त समारोहको एउटा तस्विर निकै भाइरल भयो । ७६ वर्षका एक व्यक्ति त्यहाँ दिक्षित भएका थिए । टि।यु नोटिसको पेजमा त्यहि तस्विर सेयर गरेर लेखिएको थियो, इटालीका प्रसिद्ध चित्रकार मिचेलेङेलोले ८७ वर्षको उमेरमा भनेका थिए, ‘म अझै सिक्दैछु ।’ त्रि।विको उक्त पेजमा जसको तस्विर थियो, उनी थिए, उमेश्वरमान प्रधान । जसले दोस्रो डिग्री लिएका थिए । दिक्षान्तरमा सहभागी हुने उनी एक्ला थिएनन्, उनीसंगै उनकी जिवनसंगीनी केशरी मैयाँ प्रधान पनि थिईन् ।उनले पनि त्यहाँ दोस्रो डिग्री हात पारेकी थिईन् । दुवैको उमेर समान छ । ७६ वर्षको उमेरमा एकसाथ दिक्षित हुन पाउने यि भाग्यमानीको कथा कम्ता रोचक छैन । जिवनको आरोह–अवरोह पार गर्दै बुढेशकालसम्म एकअर्काको सारथी हुन पाउने मौका कमैले पाउँछन् ।

प्रतिकृया दिनुहोस्