परपुरुष-परस्त्रीसँगको सम्वन्ध समस्या होईन समाधान होः निर्मला ढकाल (भिडियो)

समाजशास्त्री निर्मला ढकालले परस्त्रीपुरुषसँगको सम्वन्ध गलत नभएको वताएकी छिन् । नेपालमा पछिल्लो समय वढ्दै गएका वलात्कारलगायतका महिलाहिंसाका घटना र रोकथामका विषयमा नेपाल आजसँगको कुराकानीमा ढकालले यस्तो वताएकी छन् ।

आफनो घर परिवारलाई सन्तुलनमा राखेरै कसैले आफनो आवश्यक्ता पुरा गर्छ भने त्यसलाई गलत भन्न नमिल्ने उनको भनाई छ । यो सम्वन्ध समाजको समस्या नभएर समस्याको समाधान भएको उनले तर्क गरिन्। ढकाल भन्छिन्–‘परिवार र समाजलाई असर नपारीकन कसैले आफनो आवश्यक्ता पुरा गर्छ भने त्यो समस्या नभएर समाधान हो ।’

विवाह पुर्वको सम्वन्धलाई पनि उनले सामान्य रुपमा लिनु पर्ने वताईन्। समय परिवर्तनसँगै सामाजिक मुल्य, मान्यता र ब्यवहार समेत परिवर्तन हुँदै गएकाले सोहि अनुरुप आफुलाई पनि ढाल्दै जानु पर्ने उनको धारणा छ। ‘हिजो वालविवाह हुन्थ्यो।

अठार वर्षभन्दा कम उमेरमै विवाह गर्ने भएकाले त्यो वेलामा विवाह पुर्वको सम्वन्धलाई असामान्य रुपमा लिईन्थ्यो’ उनले भनिन्–‘तर, अहिलेको अवस्था फरक छ। विवाह गर्दा २५/३० वर्ष वित्छ। अव यो विचमा युवायुवतीले आफनो आवश्क्ता पुरा गर्न कसैसँग सम्वन्ध वनाउँछन् भने त्यसको पछाडि लाग्नु जरुरी छैन ।’

महिलाहरु पद/पावरमा पुग्दैमा र दण्डजरिवाना कडा वनाउँदैमा महिलाहिंसा घट्छन भन्ने कुरामा सत्यता नभएको उनको भनाई छ ।

लैगिक विभेद लगायतका महिलाका विषयमा समाजशास्त्री निर्मला ढकालसँग नेपाल आजले गरेको विस्तृत कुराकानी हेर्न तलको भिडियोमा क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्