आँचल शर्मा र नाजिर हुसेन अभिनित गीत ‘तोरी पेली तेल’को कभर भिडियो बनाउनेलाई पुरस्कार भिडियो हेर्नुहोस !

अस्मिता अधिकारी र प्रनय क्याडीले गाएको गीत हो, ‘तोरी पेली तेल’ सार्वजनिक भएको छोटो समयमै चर्चामा आएको यो गीतमा दीपक शर्माको शब्द संगीत सुन्न सकिन्छ । अब यो गीतको कभर भिडियो बनाउनेलाई राम्रो अवसर छ । आँचल शर्मा र नाजिर हुसेन अभिनित गीतको कभर भिडियो बनाउने एक जनालाई डेढ लाख पुरस्कार दिइने भएको छ ।

कभर भिडियो बनाउने मध्येबाट उत्कृष्ठ एकजनालाई १ लाख ५० हजार सहित सम्मान गर्ने घोषणा तोरी पेली तेल युनिटले गरेको हो ।क्याडी इन्टरटेन्मेन्ट सार्वजनिक गरेको यो अफर अन्तरगत उत्कृष्ट कभर भिडियो बनाउने १ जनाले म्युजिक भिडियोमा अभिनय गर्ने अवसर समेत पाउने छन् । डान्सिङ शैलीको यो गीतको म्युजिक भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् ।

प्रतिकृया दिनुहोस्