भक्तपुरमा बत्ती जडान गर्न गएका २३ वर्षीय रामकुमारको मृ’त्यु, विक्रमको अबस्था गम्भीर

काठमाडौ । भक्तपुर नगरपालिका–२ इतापाकोमा सडक बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृ’त्यु भएको छ भने अर्का एक घाइते भएका छन् । घटनामा दोलखा मेलुङ गाउँपालिका–५ घर भई हाल भक्तपुर नगरपालिका–२ व्यासी बस्ने २३ वर्षीय रामकुमार बुढाथोकीको मृ’त्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । बत्ति जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका सिन्धुली कमलामाई नगरपालिका–११ घर भई हाल काठमाडौँ बल्खु बस्ने २७ वर्षीय विक्रम मोक्तानको भने कीर्तिपुर अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

भक्तपुर नगरपालिकामा सडक बत्ती जडान गर्न बोलपत्र पारेको टप्सन इनर्जी सानो भ¥र्याङ काठमाडौँको तर्फबाट काममा खटिएका कामदारले विद्युत्को सिमेन्टको पोलमा सडक बत्तीको मेटलको पोलसहितको बत्ती जडान गर्ने क्रममा पोलमै टाँगिएको नाङ्गो तारमा छुँदा करेन्ट लागेको उहाँले जानकारी दिनुभयो । दिउँसो करिब १ः३० बजे करेन्ट लागेर पोलबाट भुइँमा खसेका मोक्तानको भक्तपुर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कीर्तिपुर पठाइएको र पोलमै टाँसिएका बुढाथोकीको भने पोलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

सडक बत्ती जडान गर्ने क्रममा विद्युत् लाइन काट्न नलगाउँदा र सावधानी नअपनाउँदा मजदूरको मृत्यु भएको र जोखिमयुक्त काममा पनि बीमा नहुँदा उनीहरु थप मारमा परेको अन्य मजदूरको गुनासो छ ।

यो भिडियो पनि हेर्नुहोस

प्रतिकृया दिनुहोस्