श्रीमान गुमाएर एक्लै भएकी सरस्वतीले दुइ छोराहरु मध्य एउटालाई सिए पढाउँदै छिन् भने एउटा प्लस ‘टु’ पढाउदै छिन !

रुपनि जि.एम। पेशाले उनी चाउमीन व्यवसायी । चाउमीन उत्पादनकोलागी कोलहपरको गोलपार्कमा उनले एउटा घर नै भाडामा लिएकी छन् । यो व्यवसाय गर्नकैलागी भनेर उनी र उनको श्रीमान दाङ्गबाट २०६५ सालमा कोहलपुर आएका रहेछन् ।

दाङ्गको चौडियार गाविस वडा नंं १ जजरा गाउँकी उनी श्रीमानकै भरमा चाउमीन व्यावसाय गर्नकोलागी कोहलपुर आएकै २ महिनामा नै उनको श्रीमानको मोटरसाईकल दुर्घटनामा परी निधन भएको रहेछ । श्रीमानको निधन पछिको त्यो समय उनको जीवनकै सबैभन्दा कठीन समय भएको बताउँछिन् सरस्वती । उनी भन्छिन्,‘उहाँले छोडेर जाँदा मसंग भर्खरै शुरु गरेको चाउमीन व्यावसाय र साथमा नाबालक दुई छोराहरु थिए । त्यतिबेला मेरो जेठो छोरा ९ वर्षको र कान्छो ७ वर्षको थियो ।

भावुक हुँदै उनले भनिन्,‘श्रीमानकै साहारामा व्यावसाय गर्न भनेर दाङ्गबाट झिटीझाम्टा सबै बोकेर कोलहपुर आएकी म उहाँले नै छोडेर गएपछि व्यापार गर्न मलाई निकै नै गाह्रो भयो । त्यतिबेला हामीले २ वटा कोठा भाडामा लिएका थियौं । एउटामा हामी बस्थेंउ भने अर्कोमा चाउमीन बनाउँथेंउ । श्रीमानको मृत्यपछि दिनको दुई बोरा मैदाको पिठो हातले नै मुसेर चाउमीन बनाउन मलाई साह्रै गाह्रो प¥यो ।’

श्रीमानले छोडेपछि सरस्वतीसंग साना बाबुहरुको पढाई लेखाई र रेखदेखसंगै व्यावसायको सबै जिम्मेवारी उनकै काँधमा आईलाग्यो । उनीसंग आम्दानीको अरु कुनै श्रोत पनि थिएन । चाउमीन बनाउन बाहेक अरु कुनै सीप पनि सरस्वतीले जानेकी रहिनछिन् । त्यही चाउमीन बनाउन पनि उनलाई उनकै श्रीमानले सिकाएका रहेछन् ।

उनी भन्छिन्,‘चाउमीन बनाउन मैले उहाँबाट नै सिकेकी हुँ । योे बाहेक अरु कुनै सीप मैले जानिन । उहाँले छोडर गएपछि मेरोलागी यही जानेको सीपलाई नै अगाडी बढाएर जीवन चलाउनु बाहेक अरु कुनै उपाय पनि थिएन । त्यसैले यो व्यवसायलाई मैले कुनै पनि हालतमा अगाडी बढाउनै पर्ने थियो ।’

मान्छे हुँदा र नहुँदामा धेरै फरक त पर्छ नै । तर सरस्वतीले श्रीमानले छोडेर गएपनि हार भने मानिन् । ‘उहाँले छोडेर गएको १ वर्षसम्म त सामान्य दिनमा फर्कन समय लाग्यो । त्यो कठीन समयबाट बाहिर आउनलाई मैले दाङ्गबाट भाईलाई बोलाएर चाउमीन व्यवसायलाई निरन्तरता दिंदै गएँ । उनले भनिन् ।

सरस्वतीले भाईले आफुलाई त्यतिबेला सहयोग नगरेको भए आज उनलाई चाउमीन व्यवसायीको रुपमा परिचय बनाउन गाह्रो हुने कुरा बताईन् । त्यसैले भाईले आफुलाई लगाएको त्यो गुण जीवनभरी नबिर्सने बताउँछिन् सरस्वती । उनी भन्छिन् । ‘भाईले सघाउन थालेपछि व्यवसाय पनि बिस्तारै माथि जान थाल्यो । वरपरकाले त्रृmण पनि पत्याउन थाले । त्यसपछि मैले चाउमीन बनाउने मेसिन पनि किनें ।’

एकल महिला भईसकेपछि पनि आतमाबललाई दह्रो बनाउँदै एउटै पेशामा आबद्ध भएकी सरस्वतीले व्यावसाय फस्टाउन थालेपछि हाते चाउमीनबाट माथि उठेर मेसिनबाट चाउमीन बनाउने सोंच गरिन् । र उनले मेसिन किनन् । उनले मेसिनलाई डेढ लाख जतिको रकममा खरिद गरेको बताउँछिन् । उनी भन्छिन्,‘भाईले मलाई व्यावसायमा सघाएदेखि मार्केट ठुलो भयो । सबै ठाउँमा चाउमीन समयमै पु¥याउनलाई हाते उत्पादन ढिला हुने भएकाले मैले उधारोमा झण्डै डेढ लाख जतिको मेसिन किनें । त्यही चाउमीनबाट भएको आम्दानीले पछि बिस्तारै बिस्तारै त्यो सबै उधारो पैसा मैले चुक्ता गरें ।’ सरस्वतीले मेसिन किनेपछि उनलाई चाउमीन बनाउने अडरहरु पनि आउन थालेको र त्यही अडरहरुले नै माकेर्ट बढ्दै गएको आफ्नो अनुभवमा सुनाईन् ।

शुरुमा कोठाबाट शुरु गरेको चाउमीन व्यावसाय फस्टाउँदै गएपछि सरस्वतीले चाउमीन उत्पादन गर्थिन् भने उनका भाईले मार्केटमा चाउमीन पु¥याउने गरेको उनी बताउँछिन् । हाते उत्पादित सरस्वतीको चाउमीन व्यावसाय अहिले ‘मामाभान्जा चाउमीन तथा सस उद्योग’ को नाममा दर्ता भएको छ । समय बित्दै गएपछि सरस्वतीको भाईले बिहे गरे ।

बिहे पश्चात उनका भाई र बुहारीले आफ्नै घरगृहस्थी सम्हाल्न थालेपछि अहिले सरस्वती र उनका कान्छो छोराले यो व्यावसायलाई सम्हाली रहेका रहेछन् । सरस्वती भन्छिन्,‘भाईले व्यावसाय हेर्दा भाई मार्केट जान्थ्यो भने भाईको ठाउँमा कान्छो छोराले मार्केट हेर्छ । म भने पहिला जस्तै घरमै चाउमीन उत्पादन गर्ने गर्छु ।’

श्रीमानबाट चाउमीन बनाउन सिकेर सम्हालेको व्यावसायलाई अझैं बलियो बनाउनकालागी अहिले उनले आफुसंगै २ जना कामदारहरु राखेर चाउमीन उत्पादन गर्ने गर्छिन् । कामदारहरु राखेदेखि उनलाई चाउमीन बनाउनमा केही राहत त भएको छ तर मार्केट बढेका हुनाले हिजोआज भ्याई नभ्याई भएको पनि सरस्वती बताउँछिन् । सरस्वती भन्छिन्,‘उहाँहरुले मलाई चाउमीन उत्पादन गर्नमा सब्हयोग गर्नु हुन्छ । उहाँहरुलाई मासिक २० हजार दिने गरेको छु ।’ दुई बोरा मैदाबाट शुरु गरेको चाउमीन व्यावसायबाट महिनाको झण्डै ७० हजार जति आम्दानी हुने भएको सरस्वती बताउँछिन् ।

उनको आम्दानीको श्रोत नै यही व्यावसाय भएको हुनाले यसैलाई नै निरन्तरता दिने बताउँदै सरस्वतीले यसबाट हुने फाईदाले छोराहरुको पढाई खर्च र घर खर्च, क्रृण, बैंकको ब्याज आदि सबै धानेको बताउँछिन् । श्रीमानले छोड्दा नाबालक उनका दुई छोराहरु हिजो आज क्याम्पस पढ्ने भएका छन् । जेठो छोरा काठमाण्डौमा सिए पढदै गरेको र कान्छो छोरा कोहलपुरमै प्लस टू पढिरहेको उनी बताउँछिन् ।

अहिले कोहलपुरका विभिन्न बजारहरुमा सरस्वतीको उद्योगबाट उत्पादन गरिएको चाउमीन जाने गर्छ । यही व्यावसायबाटै उनले भाईको बिहे गरिदिएको बताईन् । यति मात्रै नभई उनले संकट र अप्ठ्यारोमा परेको बेला भाईले आफुलाई सघाएकोमा भाईलाई आफुले यही कोहलपुरमै एउटा घडेरी पनि किनिदिएको बताईन् ।

हिजो आज लकडाउनले गर्दा सरस्वतीको व्यापार हुन सकेको छैन । उनको परिवार नै यही चाउमीन व्यावसायबाटै चल्ने भएको हुनाले यो लकडाउनको समयमा परिवारको खर्च धान्न निकै नै गाह्रो भएको बताउँछिन् उनी । लकडाउन लागेदेखि बैंकको ब्याज तिर्न नपाएकोमा सरस्वती निकै नै चिन्तित छिन् ।

ब्यापार फस्टाएदेखि उनले एउटा घर नै भाडामा लिएकी रहिछन् । त्यो घरको भाडा पनि नतिरेको बताउँदै घरभाडा, बैंकको ब्याज, उधारोमा खाईरहेको रासनपानीको कुरा आदि ईत्यादिले सरस्वतीलाई हिजो आज रातदिन पिरोल्ने गरेको छ । औंलामा दिन गन्दै लकडाउन खुल्ने पर्र्खाईमा बसेको बताउँछिन् सरस्वती । व्यापार त घाटामा छ नै साथै साँझ बिहानको छाक पनि मुस्किलले जोहो गर्न परिरहेकोमा अत्तालिएकी छिन् उनी ।

प्रतिकृया दिनुहोस्