पाथिभरा माताले सबैको मनोकांक्षा पुरा गरुन, माघ ०४ गते आइतबार आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –रुपैया पैसा कमाउने काममा सहभागी हुन सकिनेछ । पैत्रिक धन सम्पती हात लाग्ने योग रहेको छ । दाजुभाईबाट जस्तो सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अरु भन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –व्यापार व्यावसायमा प्रसस्त आम्दानी गर्न सकिनेछ । साथिभाई तथा शुभचिन्तकहरुको साथ तथा समर्थन रहने हुनाले दैनिक कामहरु गर्न सहज हुनेछ । पारिवारिक माहोलमा भेला भई मिष्टान्न भोजन ग्रहण गर्न सकिनेछ । पढाइ लेखाइमा अरुलाई धेरै पछाडी छोड्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) –काम गर्दा साबधानी अपनाउनु होला, समय मध्ययम रहेको छ । पढाइ लेखाइमा मन जाने छैन भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । व्यापार व्यावसायमा लगानी गरेपनि तत्काल फाईदा हुने सम्भावना कम रहेको छ । माया प्रेममा सामान्य मनमुटाबको अवस्था सिर्जना हुनेछ ।कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –आफन्त तथा दिदि बहिनीसँग सामान्य विषयमा मनमुटाब बढ्नेछ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिती आउने छ । तपाईंको व्यक्तिगत दृष्टिकोण आजको दिन गलत हुन सक्छ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –आफन्त तथा साथि भाईसँग रमाईलो यात्राको तय हुने तथा यात्राका क्रममा मिठा मिठा परिकारका स्वाद लिदै दिन कटाउन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिने हुँदा भावना साटासाट गरी समय व्यातित गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) –पढाइ लेखाइमा एक कदम अगाडी बढि उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जानेछ भने थाति रहेका कामहरुलाई गती दिन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरु एक अर्कालाई बिस्वास गरि अगाडि बढ्न सक्नेछन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –व्यापार व्यावसायमा लगानी गर्नको लागि केही समय कुर्नु नै राम्रो रहेको छ । सन्तान तथा आफन्तसँग मनमुटाव सिर्जना हुन सक्छ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या देखा पर्न सक्छ । बैक तथा बित्तिय क्षेत्र शेयर बजारमा गरिने लगानीबाट भने सन्तोषजनक नाँफा कमाउन सकिनेछ ।बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ । प्रेम प्रशङगमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा समस्या उत्पन्न हुन सक्छ ध्यान दिनुहोला । तर पनि सवारी साधन तथा घर जग्गाको खरिद बिक्रिबाट सन्तोषजनक आम्दानी हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –छोटो तथा रमाईलो यात्राको तय हुनेछ । दाजुभाई तथा छिमेकिसँग मिलेर गरिने जुनसुकै कामपनि फस्टाएर जानेछ । आफुले मन पराएको मानिसलाई आफ्नै मन मुटुमा राखेर माया गर्न पाउदा मन प्रशन्न हुनेछ । पढाइ लेखाइमा मन जाने हुनाले भनेजस्तो नतिजा हात लाग्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला भबिस्यमा बिवाद सिर्जना हुन सक्छ । स्वास्थ्य सम्बन्धी सामान्य समस्याले सताउन सक्छ ध्यान दिनुहोला । कामहरु समयमा नबन्नाले मानशिक तनाब बढ्नेछ । आफ्नो व्यक्तिगत कुराहरु अरुले थाहा पाई आलोचना गर्न सक्छन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –उद्योग धन्दा तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्दा अग्र पंत्तिमा तपाईँको नाम आउनेछ । माया प्रेम तथा पारिवारिक सुखका लागि समय अनुकुल रहनेछ ।मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वास्थ्यमा सामान्य समस्या आउनेछ । व्यापारमा प्रशस्त समय दिदादिदै पनि मन्दिको सामना गर्नुपर्नेछ । महत्वकांक्षी योजनाहरु केही समयको लागी थाती राख्नुहोला । पुराना समस्याहरु बल्झने तथा थप समस्या थपिनेछन् ।

प्रतिकृया दिनुहोस्