आखिर के थियो यस्मा जो यो एक जोर जुत्ता चार करोड ८३ लाख ८० हजार रुपैयाँमा बिक्री भयो

एक जोर जुत्ता चार करोड ८३ लाख ८० हजार रुपैयाँमा बिक्री हुनकाे कारण थाहापाउदा दुनियाँ नै चकित(हेर्नुहाेस्) । नाइकीको सह-संस्थापकले डिजाइन गरेको एक जोर ऐतिहासिक जुत्ता चार करोड ८३ लाख ८० हजार रुपैयाँमा बिक्री भएको छ । त्यो न्यूयोर्कको एक लिलाममा राखिएका खेलकुदमा प्रयोग हुने १०० जोर जुत्तामध्येमा बिक्री हुने अन्तिम जोर जुत्ता हो ।।

सन् १९७२ को नाइकी वाफल रेसिङ फ्ल्याट मुन नामको जुत्ताले एक लाख ६० हजार डलर पाउने अपेक्षा गरिएको थियो तर क्यानेडाली माइल्स नाडालले त्यसलाई चार लाख ३७ हजार पाँच सय डलर तिरे। बाँकी ९९ जोर जुत्ता पनि उनले नै आठ लाख ५० हजार डलरमा किनेका हुन् ।सो जुत्ता दौड प्रशिक्षक रहेका नाइकीका सह-संस्थापक बील बाओरम्यानले डिजाइन गरेका थिए ।।

यो डिजाइनको जुत्ता १२ जोर हातैले सिलाइएको थियो र सन् १९७२ को ओलिम्पिक खेलकुदको छनौटमा केही खेलाडीहरूलाई बाँडिएको थियो । लिलाममा राखिएको जोर भने कसैले प्रयोग नगरेको एक मात्र भएको मानिन्छ। लगानी कम्पनीका मालिक नाडालले आफ्नो खरिदबाट धेरै खुसी भएको बताउँदै सो जुत्ता खेलकुद इतिहास र पप संस्कृतिको ऐतिहासिक अंश भएको बताए ।।

उनले किनेका सबै जुत्ताहरू टोरन्टोमा रहेको उनको निजी गाडी संग्रहालयमा प्रदर्शनमा राखिने बताएका छन्।यसअघि कुनै पनि जुत्ताका लागि तिरिएको सबैभन्दा उच्च रकम एक लाख ९० हजार तीन सय ७३ डलर मानिएको छ।सो रकममा माइकल जोर्डनले सन् १९८४ को ओलिम्पिकको बास्केटबल फाइनलमा लगाएको हस्ताक्षरसहितको कन्भर्स जुत्ता सन् २०१७ मा बिक्री गरिएको थियो ।।
बिबिसी

याे पनि,:१ मिनेटमा ६४ पटक पुसअप गरेर यी व्यक्तिले बनाए विश्व रेकर्ड:ग्रिसका एकजना खेलाडिले एक मिनेटमा ६४ पटक ह्याण्ड रिलिज पुसअप गरेर गिनिज बुकमा नाम लेखाएका छन् ।जिओर्गोस कटसिम्पो नामका ती व्यक्तिले ग्रिसको क्रेटे टापुस्थित हेराक्लियनमा रहेको आइरुन बडी कम्युनिटी जिमखानामा उक्त किर्तिमान राखेका हुन् ।

ह्याण्ड रिलिज पुसअप भनेको यस्तो पुसअप हो जहाँ छातिले भुइँ छुँदा भुइँमा टेकिएका हत्केला भुइँबाट माथि उठाउनु पर्दछ ।जिमखानाले उनको त्यो किर्तिमानी खेलको भिडियो युट्युबमा अपलोड गरेको छ ।गत वर्ष हातमा गम्भीर चोट लागेसँगै थेरापीका रुपमा उनले यस्तो पुसअप गर्न सुरु गरेका थिए ।

उपचारको सोही कदमलाई उनले आफ्नो किर्तिमानी कार्यमा रुपान्तरण गरेका छन् ।यसअघि १ मिनेटमा गरिएको सर्वाधिक ह्याण्ड रिलिज पुसअपको किर्तिमानी संख्या ५८ थियो । उक्त किर्तिमानी संख्या भन्दा उनले ६ पटक बढि पुसअप गर्न सफल भए ।

प्रतिकृया दिनुहोस्