आजको राशिफल : वि.सं. २०७७ माघ १२ गते सोमबार को राशिफल हेर्नुहोस

वि.सं.२०७७ साल। ईश्वी सन् २०२१ जनवरी २५ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । पौष शुक्लपक्ष । तिथि–द्वादशी,४० घडी ५९ पला,बेलुकी ११ बजेर १९ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–मृगशिरा,४६ घडी ०० पला,रातको १२ बजेर २० मिनेट उप्रान्त आद्र्रा । योग–ऐन्द्र,३८ घडी २१ पला,बेलुकी १० बजेर १६ मिनेट उप्रान्त वैधृति । करण–बव,बिहान १० बजेर ३८ मिनेट उप्रान्त बालव,बेलुकी ११ बजेर १९ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–बृष,मध्यान्ह १२ बजेर २५ मिनेट उप्रान्त मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३७ मिनेट । दिनमान २६ घडी ४४ पला ।मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
आफन्त तथा परिवारजनलाई धेरै समय दिनु पर्नेछ । नीति पुर्वक काम नगर्दा दण्ड तथा जरिवाना हुन सक्छ । विदेशमा बसेर अध्ययन तथा काम गर्नेहरुका लागी दिन शुभ रहनेछ । स्वास्थ्यमा सकारात्मक सङ्केत देखिने छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
सामाजिक काममा समय खर्च हुनेछ भने धार्मिक तथा सामाजिक क्षेत्रबाट सम्मानित भई मान सम्मानमा बृद्धि हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ भने आम्दानीका नयाँ नयाँ स्रोत पत्ता लगाउन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) –
उपहार प्राप्तीको योग रहेको छ । खेलकुद तथा अन्य क्रियाकलापमा भाग लिई आफ्नो प्रस्तुती देखाउन सकिनेछ । माता पिताको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
प्रेम र भाइचारा जीवन्त तुल्याउने अवसर प्राप्त हुनेछ । मान्यजन र अग्रजको आशीर्वाद प्राप्त हुनेछ । सामाजिक क्षेत्रमा सक्रियता बढाई राम्रा काम गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
घर परिवारमा मानसिक तनाव, व्यापारमा घाटा, अध्ययनमा अनावश्यक बाधा अवरोध र काममा अपजस व्यहोर्नु पर्ने समय रहेको छ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला, यात्रा घातक बन्न सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) –
माया प्रेममा आम्मियताको बढोत्तरी हुनेछ भने सामिप्यता बढेर जानेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा मनग्गे आम्दानि हुनेछ । सामाजिक सञ्जालको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
दैनिक कारोबारले गती लिने तथा आर्थिक रुपमा सबल हुने समय रहेको छ । तपाईँको कुरा काट्नेहरु आफै किनारा लाग्नेछन् । आफन्त तथा मावली पक्षको आशिर्वादले काम गर्न जोस जागर बढेर आउनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
समय राम्रो रहेकोले महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । चिन्तन र उपायले काम गर्न सकिनेछ । व्यावसायबाट नाँफा कमाउन सकिनेछ । समाजमा राम्र काम गर्न सकिने हुनाले मान सम्मानमा बृद्धि हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
अनावश्यक तनाव लिने बानिले काम गर्न मन लाग्ने छैन । आफन्त तथा आमाको स्वास्थ्यमा समस्या पैदा हुनेछ । व्यापारमा मन्दी आउने भएपनि उपभोग्य बस्तु खरिद बिक्रिबाट लाभ लिन सकिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
छोटो तथा रमाईलो यात्राको तय हुने योग रहेको छ । उत्पादिन उद्योग तथा व्यावसायमा गरिएको लगानिबाट मनग्गे आम्दानि हुने हुँदा बिलाशी जीवन व्यातित गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
समाजमा राम्रा काम गरि नाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । पारिवारिक माहोलामा जभघट भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ भने मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । सुन्दर तथा बिलाशी वस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ ।

प्रतिकृया दिनुहोस्