सुरुमा मेरै सरले गरे….पछि अर्को मान्छेलाई पनि ल्याउन थाले सत्य ्घट्नामा आधारित

बैतडी। गत मंसिरको कुरा हो। त्यो दिन आमा घास लिन जानुभएको थियो। बा काम गर्न स्वर (पिथौरागढ,भारत) गएका थिए। भर्खरै मन्दिरबाट फर्केर घरमा एक्लै बसिरहेको बेला खडक सर आए। जसले मलाई एक कक्षादेखि आठ कक्षासम्म पढाएका थिए। मैले तल्लो घरमा जाने तयारी गर्दैगर्दा उनले मलाई च्या’प्प समते।

वरपर कोही मानिस थिएनन्। मेरो मुख बन्द गरेर उनले लुगा फु’का’ल्न थाले। म केही बोल्न सकिन्। अप्रत्यासित रुपमा यसो भइरहँदा जोर जोरले चि’च्या’उन खोजेकी थिए। तर मुख बन्द थियो। आवाज नै निस्केन्। ज’ब’र’ज’स्ती गरेर उनि फर्किए। म एकछिन बे’हो’स’जस्तै भए। उठ्नै सकिन। निकै पी’डा भइरहेको थियो । साँझ आमा घरमा आउनुभयो तर दिउँसोको कुरा भन्ने आँट नै आएन्। म चुपचाप बसे।

त्यसपछि खडक सरले अर्का राम सरलाई त्यो कुरा भनेछन्। अर्को त्यस्तै हर्कत राम सरले गरे। यि दुई जनाले म माथि ज’ब’र’जस्ती गरे। कुनै दिन खडक, कुनै दिन राम विद्यालयबाट फर्किदा सँगै सँगै आउथे र मौका मिल्ने बित्तिकै क’र’णी गर्थे । गाउँमा पनि यी दुई जना मुख्खेराठ हुन्। मुख्खे भनेका उसैपनि गाउँमा ठूला मान्छे भनेर चिनिन्छन्।

ममाथि अन्याय भइरहेको छ भन्ने त थाहा थियो। तर कसैलाई भन्न सकेकी थिइन्। कसैले थाहा पाए भने आफ्नै इज्जत जान्छ भन्ने डर थियो। राम र खडकले पनि कसैले भन्यो भने बदनाम गरिदिन्छौ भन्थे। विद्यालयमा पढाउने शिक्षकको बिरुद्ध बोल्ने हिम्मत कहिल्यै आएन्।

त्यो कुरा वडा कार्यालयमा काम गर्ने केशबले थाहा पाएछ। सायद उनिहरुले भनेको हुनुपर्छ। पहिलोचोटी ब’ला’त्कृ’त भएको एक महिनापछि म बझाङको देउलेक गएकी थिए। शैचालयमा गएका बेला खडक पनि भित्र पस्यो। शौचालयको ढोका थु’नेर त्यही ग’र्यो। त्यो दिन पनि कसैलाई भन्न सकिन्।

घरमा आमालाई भन्छु भनेर धेरै दिन सोचे। तर भन्न सकिन्। त्यसको केही महिनापछि थाहा भयो । पेटमा बच्चा बसिसकेछ। अब म सँग दुई वटा विकल्प मात्र थिए। के त देह त्याग गर्ने वा घर छोडेर जाने। धेरै दिनसम्म मनमा यस्तै सोच आइरह्यो। अन्ततः ‘म’र्नु’भन्दा बौ’ला’उनु बेस’ भनेझैं छिमेकी गाउँको केटासँग भा’गे’र गए। उ सँग पहिलेदेखि नै चीनजान थियो। उसले पनि लग्छु भनेपछि फागुनमा भा’गे’र उसको घर गए।

पेटमा बच्चा रहेको कुरा कसैलाई थाहा थिएन्। केही महिना सबै कुरा ठिकठाकै चल्यो। जब भदौंमा छोरी जन्माए। गाउँघरमा ह’ल्ली-ख’ल्ली भयो। किनकी बिहे गरेको छ महिना मात्रै भएको थियो। कस्को बच्चा हो भनेर घरमा सोधखोज हुन थाल्यो । त्यसपछि बाध्य भएर ति शिक्षक र वडा कार्यालयका कर्मचारीबारे मुख खोल्नैपर्ने अवस्था आयो। छिमेकी जिल्ला गएर काम गर्ने लोग्ने पनि घर फर्किए। यो बेला के गर्ने के नगर्ने सोच्नै सकेकी छैन्।

गाउँका सबैजनाले जस्को बच्चा हो उसैले जिम्मा लिनुपर्ने कुरा गर्दैछन् । वडा र गाउँपालिका मान्छेहरुले ‘यतै’ मिलाउने भन्दै कहि नजान् भनेका छन। माइती पट्टीका एक दुई जना दाइहरुले प्रहरीमा जान सल्लाह दिएका थिए।

मलाई पनि त्यही ठिक लागेको थियो। तर गाउँका जान्नेसुन्ने तथा वडा र गाउँपालिकाका सबै मान्छेले मिलाउँछौ भनेका छन्। जसले जे भनेपनि म माथि ज’ब’र’जस्ती गरेर यो अवस्थामा पुयाउनेहरुलाई सजाय होस भन्ने चाहना त छ।

तर म एक्लै के गरु? गाउँ भन्दा बाहिर कही गएकी छैन्। के गर्नेुपर्ने हो त्यो पनि थाहा छैन्। मनमा त लागिरहेको छ कि आज म माथि त्यस्तो गर्नेहरुले भोली अरुलाई पनि नगर्लान र? यो पाँच, छ महिनाको अवधीमा उनिहरुले त्यस्तै किसिमका अरु ५, ६ वटा घटना गरिसकेको सुन्नमा आएको छ। एउटाले गरेपछि अर्कोलाई भि’डा’ईदिने। अर्कोले अर्कोलाई गरेर महिलाहरुलाई नै गलत प्रमाणित गर्ने गरेका छन् भन्ने सुन्छु।

मेरो गल्ती त केही थिएन्। तर यतिबेला म’र्नुं न बाँ/च्नुको अवस्थामा पुगेकी छु। नाकमा आएको सिगान पुछेर कखरा सिकाउँदै आठ कक्षा सम्म पढाउने शिक्षकले त्यस्तो गर्लान भन्ने कल्पना समेत गरेकी थिइन्। त्यसपछि जसले जन्माए, हुर्काए उनले त केही गरिदेलान कि भन्ने थियो।

अहँ वास्ता नै गरेनन्। मेरो गल्ती यति थियो कि म माथि भएको अन्यायबारे समयमै भन्न सकिन। अहिले आमा बुवाको मात्रै होइन, समाजको पनि घृ/णाको पात्र भएकी छु। कसैले फोनमा सोध्यो भने ठिकै छ, केही गाह्रो छैन भन्नु भनेका छन्। गाउँका जान्ने बुझ्नेले नै यसो भन्नु भनेपछि अहिले सबैसँग फोनमा त्यही भन्दै आएकी छु । यस्तो अवस्थामा म के गरु?
(महेन्द्रनगरपोष्टवाट साभार गरिएको यो समाचार बैतडीको सिगास गाउँपालिकामा भएको घटनाको हो) तस्विर फाइल

प्रतिकृया दिनुहोस्