आज २०७७ माघ २६ गते सोमबारको राशिफल पढ्नुहोस् । आज यी राशी लाई मिल्नेछ सफलत

आगामी ३ दिनभित्र पर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– २६ गते : श्री षट्तिला एकादशी व्रत (वैष्णव, शुद्धा), तिल द्वादशी, तिलोत्पत्ति, ७ गते : श्री भौमप्रदोष व्रत, २८ गते : लैचह्रे पूजा, भद्रा करण सूर्योदयपूर्व ०१।४२ बजेदेखि दिनको ०१।०९ बजेसम्म
ष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
आफ्ना कमजोरी प्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्लान् । हातबाट अवसर गुम्न सक्छ । ध्यान दिएर काम गर्नु होला । उपहारका नाउँमा काम नलाग्ने बस्तु मात्र हातलागी हुन सक्छ । मेहनत गर्दा अवसर भने पाइनेछ । दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्नेछ । कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ । नयाँ काममा हात हाल्ने समय आएको छ । मान र विद्या प्राप्त हुने समय छ । टाढाको यात्रा पनि हुन सक्छ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) –
आज साथीभाइहरुबाट फाइदा उठाउन सकिएला । उच्च महत्वाकांक्षाले गर्दा सोचेको काम पूर्ण रुपमा सम्पादन हुनेछन । तपाइको आज खर्च लागे पनि चिताएको काम बन्नेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
खर्च बढ्ने र आर्थिक अभावले सताउने योग छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । अस्वस्थताका बीच कामको बोझ बढ्नेछ । आज कुनै अवसर प्राप्त भए पनि कुरा लगाउनेहरूको फन्दामा परिने सम्भावना छ । गोपनीयतामा विशेष ध्यान पुर्याउनु होला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
आज तपाइलाई विशेष पदमा बसेका वा राजनीतिक व्यक्तित्वबाट धोका हुन सक्छ । खानपानमा पनि एकदमै सजक रहनु होला । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । विशेष उपहारका साथ प्रेमको प्रस्ताव पनि प्राप्त हुन सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) –
लुगा, भोजन र विशेष उपहार हातलागी हुनेछन् । भोगविलासमा मन रमाउनेछ । कृषि व्यवसाय तथा पशुधनबाट विशेष फाइदा हुने दिन छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । नयाँ काममा हात हाल्ने समय आएको छ । पढाइमा पनि प्रगती हुने दिन रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
प्रेम र मित्रताको बन्धन कसिने बेला छ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । परिवारिक भेटघाटले मनमा आनन्द मिल्नेछ । दिन सामान्य नै रहेको छ । साथीभाइले काममा सहयोग जुटाउन सक्छन । बिस्तारै कामका बाधाहरू हट्नेछन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज धनमाल हराउने, चोरिने वा ठगीमा परिने ग्रहयोग छ । आँखाको समस्याले पनि सताउन सक्छ । विशेष अवसर प्राप्त भए पनि ईर्ष्या गर्नेहरूले दुःख दिनेछन् । अनायसै खर्च पनि हुन सक्छ । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आम्दानी भन्दा बढी खर्च गर्नुपर्ने समय छ । लामो समयदेखि गरिएको लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला । आज ठूला ब्यक्तीहरुबाट मान सम्मान प्राप्त होला । नजिकका साथीभाइ आज टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध गाँसिनेछ । अर्थ अभावले काम रोकिने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
परिवारजनमा असमझदारी र मित्रजनसँग वैरभाव बढ्न सक्छ, तर पनि ब्यापारबाट भने फाईदै हुने दिन रहेको छ । विगतका कमजोरी सच्याउने मौका मिल्नेछ । विशिष्ट व्यक्तित्वको सहयोगले विशेष अवसर पाइनेछ । प्रतिस्पर्धाले आम्दानीको बाटो देखाउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
यात्रा र सवारी साधन उपयोग गर्दा पनि अलि सावधानी अपनाउनु पर्ने समय छ । उठ्नु पर्ने रकम हातलागी नहुँदा आर्थिक अभावले सताउन सक्छ । अधैर्यपना बढ्नुका साथै काम नबन्ने डरले सताउन सक्छ । कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
ज्वरो, टाउको दुखाइ वा आँखाको समस्याले अलि सताउने देखिन्छ । जिम्मेवारीका काम समयमा सम्पादन गर्न नसकिएला । सोचेको काम समयमा नबन्नाले दुःख पाइनेछ । आज केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ ।

प्रतिकृया दिनुहोस्