हवाइजहाज कोपाङग्रामा बसेर ५हजार माइलयात्रा गर्दापनि १६ वर्षका किशोर जीवितै

काठमाडौं। हवाइजहाजको तल्लो भागमा ल्याण्डिङ गियरमा बसेर १६ वर्षका एक किशोरले ५ हजार माइलको यात्रा गरेका छन् । लण्डनबाट उडेको जहाज नेदरल्याण्डको होल्याण्ड पुगेपछि मात्रै एयरपोर्ट स्टाफले ल्याण्डिङ गियरमा मानिस भएको थाहा पाएका थिए । करिब १९ हजार फिटको उचाइमा निकै चिसोमा रहेका कारण ती किहोर हाइपोथर्मियाका शिकार भएका थिए तर आश्चर्यजनक रुपमा

जीवित थिए ।इन्डिपेन्डेन्टको रिपोर्टअनुसार किशोरलाई अस्पतालमा भर्ना गरिएको छ जहाँ उनको उपचार भइरहेको छ ।रिपोर्टका अनुसार ती किशोरले ल्याण्डिङ गियरमा बसेर करिब ५ सय १० किलोमिटर यात्रा गरे । होल्याण्डको मास्ट्रिच्ट एयरपोर्टमा जहाज अवतरण गर्ने क्रममा उनलाई त्यहाँबाट निकालिएको थियो । रिपोर्टका अनुसार ती किशोर टर्किश एयरलाइन्सको कागों विमानको ल्याण्डिङ गियरमा बसेका थिए ।

एक दिन पहिले मात्रै यो जहाज केन्याको नैरोबीबाट टर्कीको इस्तानबुल हुँदै लण्डन पुगेको थियो । ती किशोर केन्याली नागरिक हुन् र उनी नैरोबीबाटै ल्याण्डिङ गियरमा लण्डनसम्म पुगेको र त्यहााबाट पनि त्यही ठाउँमा बसेर हल्याण्ड पुगेको आशंका गरिएको छ । नैरीबीबाट लण्डनसम्म पनि उनी त्यसैगरी पुगेको पुष्टि भइसकेको छैन ।

घटनाको खुलासा भएपछि स्थानीय अधिकारीहरुले यो मानव तस्करीको केस हो वा होइन भन्ने पनि जाँच गर्ने बताएका छन् । मास्ट्रिच्ट विमानस्थलका एक अधिकारीका अनुसार किशोर निकै भाग्यशाली थिए र यसरी यात्रा गर्दा पनि बाँचे किनकि यो विमान उचाइमा हुँदा ल्याण्डिङ गियरमा तापक्रम माइनस ती डिग्री सेल्सियससम्म झर्छ । यसअघि पनि मानिसहरु ल्याण्डिङ गियरमा बसेर यात्रा गरेका घटना पाइएका छन् घर धेरैजसो घटनामा यसरी यात्रा गर्नेको ज्यान गएको छ ।

प्रतिकृया दिनुहोस्