गरिबका छोरालाई आर्थिक सहयोग गरी पाइलट बनाउने एक नगरपालिका !

नेपालमा सघिंय संरचना आएसगैं अहिले गाउँगाउँमा जनताले सिहं दरबारको अनुभत गर्न पाएका छन् । विकास निर्माणका लागि स्थानीय तहले धमाधम पूर्वाधारका काम अगाडी बढाएका छन् ।

कतिले भने केही फरक काम पनि गरेका छन् । जो साँच्चिकै स्थानीय तह भएपछिको गर्व गर्न लायक काम छ । त्यस्तै काम गरेको छ, रुकुम पश्चिमको आठविसकोट नगरपालिकाले । नेपालको विकट जिल्ला रुकुमपश्चिमको आठबिसकोट डोल्पा जिल्लाको सिमानामा पर्दछ ।

उक्त नगरपालिकाले आफैले लगानी गरेर गाउँका २ जना जेहेन्दार विद्यार्थीलाई पाईलट पढ्न आर्थिक सहयोग गरेको छ । अहिले ती दुई जना युवा गोविन्द केसी र ललित भण्डारी पाईलटको पढाई सकेर नेपाल फर्किएका छन् । दुई वर्ष पहिले केसी र भण्डारीलाई ५०(५० लाख लगानी गरेर आठबिसकोटले नै उनीहरूलाई अध्यनका लागि फिलिपिन्स पठाएको थियो ।

पाइलट भएर कमाउन थालेपछि मात्रै किस्तामा पैसा फिर्ता गर्ने सर्त छ । अहिलेसम्म आफुहरुले एक रुपैयाँ पनि ब्याज नतिरेको र कमाउन थालेपछि तिर्ने गोविन्द केसीले बताए । सामान्य परिवारमा जन्मिए हुर्किएका उनका बुवाआमा आज पनि खेतीपाती गर्छन् । ५३ वर्षीय बुवा कमल खत्रीले कक्षा ५ सम्म अध्ययन गरेका छन्।

आमा बालमी खत्री साक्षर छैनन् । उनीहरुले आफैले खर्च धानेर पाईलट बनाउने त सपना पनि देखेको थिएन त्यो परिवारले । तर नगरपालिकाको सहयोगले आफ्नो छोरो पाईलट भएको देख्दा उनीहरुको आँखामा हश्रार्षुको ओईरो छ । मेयर गोर्खबहादुर केसीले थप २० जना युवालाई अनुदान दिएर प्राविधिक विषय पढाइरहेको जानकारी दिए ।

‘लगनशील र आर्थिक अवस्था कमजोर भएका थप २० जनाजति युवायुवतीलाई हामीले अनुदानमा पढाइरहेका छौं,’ मेयर केसीले भने, ‘कोही भेरी प्राविधिक शिक्षालयमा पढिरहेका छन्, कोही बुटवलमा पढिरहेका छन् र कोही कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङ पढिरहेका छन्।’ उनीहरूका लागि तीनदेखि चार लाख अनुदान सहयोग नगरपलिकाले गरेको मेयर केसीले बताए ।

‘रुकुमजस्तो बिकट ठाउँमा कर्मचारी सरुवा भएर आउन मान्दैनन्,’ मेयर केसीले थपे, ‘त्यही भएर आफ्नै ठाउँमा आवश्यक प्राविधिक जनशक्ति उत्पादन गर्ने हाम्रो सोच हो ।’ आठबिसकोट नगरपालिकाले थप एक जनालाई डाक्टर पढाउनका लागि लगानी गर्न लागेको उनले जानकारी दिए । डाक्टर पढ्नका लागि नाम निकालिसकेपछि जोकोहीलाई पनि अवस्था हेरेर लगानी गर्न सकिने उनले बताए ।

त्यसको लागि नगरपालिकाले कार्यविधि बनाएको छ। स्थानीय सहकारीसँग मिलेर काम गर्छ। सहकारीले जग्गा धितो राखेबापत सस्तो ब्याजदर (५ प्रतिशतसम्म)मा ऋण दिने गर्छ। ४०/५० लाख ऋण लगानी गरे पनि ऋणीले कोर्ष पूरा गरेपछि र जागिर सुरू गरेपछि मात्रै त्यो ब्याज किस्तामा तिरे हुन्छ ।
उनीहरूले ब्याज बुझाउन थालेपछि अन्य गरिबका छोराछोरीमा त्यो पैसा लगानी गरेर छात्रवृत्ति प्रदान गर्ने कार्यविधि निर्माण गर्न लागिएको मेयर केसीले बताए ।

प्रतिकृया दिनुहोस्