भर्खरै विवाह गरेकी काजल अग्रवाललाई छ यस्तो रोग, म लजाउँदिन भन्दै गरिन् यस्तो खुलासा

एजेन्सी । दक्षिण भारतीय सिनेमामा निकै चर्चित अभिनेत्री हुन् काजल अग्रवाल । उनी हालै विवाह बन्धनमा बाँधिएकी छन् । एक महिना अघि विवाह गरेकी कागजले विवाह पछि आफुलाई भएको रोगवारे खुलासा गरेकी छन् । उनले आफुलाई भएको रोगबारे लजाउन नहुने भन्दै खुलासा गरेकी छन् ।

अभिनेत्रीले सामाजिक सञ्जालमा एक तस्बिर सार्वजनिक गर्दै रोगबारे बताएकी हुन् । उनले आफुलाई दम को रोग भएको बताएकी छन् । त्यसका लागि आफुले इन्हेलर प्रयोग गर्ने गरेको पनि खुलासा गरेकी छन् ।

काजलले इन्स्टाग्राममा आफ्नो तस्बिर साझा गर्दै आफूलाई दम भएको र इन्हेलरको प्रयोगले सहज जिवन बाँचिरहेको बताएकी छन् । उनले दमका रोगीहरुलाई इन्हेलरको निकै महत्व हुने पनि प्रकाश पारेकी छन् । उनले आफुलाई समस्या हुँदा सार्वजनिक रुपमा इन्हेलरको प्रयोग गर्दा आफुलाई कुनै लाजको महशुष नहुने पनि बताएकी छन् । दमको समस्याका बेला राहतका लागि इन्हेलरको प्रयोग गर्ने र यसमा लजाउनुपर्ने कुनै कुरा नभएको बताएकी छिन् ।

प्रतिकृया दिनुहोस्