ईजरायलबाट उदयपुरका अपांग नेत्र आले मगरको लागि आर्थिक सहयोग

स्थायी ठेगाना : उदयपुर,लिम्चुङबुङ गाउँपालिका वार्डन.२ ताम्लिछा नाम नेत्र आले मगर बर्ष : ५८ को गत वर्ष लकडाउन शुरू भए देखी खुट्टाको औलामा
घाउ आयो लामो समयसम्म निको नभएपछि सुक्दै सुक्दै माथी घुडा सम्म पुगेपछि खुट्टा नै काट्नु पर्ने बिर अस्पतालको डाक्टरले सल्लाह दिएपछि अहिले उहाको बायाँ खुट्टा नै काटीएको छ ! त्यो खुट्टा काट्ने बेलामा पचास हजार ऋणमा परेको थियो घरको आर्थिक स्थिति पनी अति नै नाजुक र काठमाडौंमा मजदुरी गरेर खाने ब्यक्ति नै आज अपांग भएकोले उदयपुर,निवासी लामो समय देखी ईजरायलमा कार्यरत माया घले मगरको महलमा विभिन्न ब्यक्तिहरु तथा लुम्बिनी कपिलबस्तु दिवस अभियानका संस्थापक अध्यक्ष मीना बान्तवासंग जम्मा ५४,००० (चौबन्न हजार) रुपैया आर्थिक संकलन गरी आज काठमाडौं थानकोट स्थित स्वयं ब्यक्ति अपांग नेत्र आले मगरलाई भेटी द्वय कमला थापा र दल बहादुर बिरकट्ठाबाट चेक हस्तान्तरण गरिएको छ भने कमला थापा नेपाल मगर संघ केन्द्रीय कोषाध्यक्ष तथा राष्ट्रीय जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष,प्रवासी विभाग प्रमुख समेत हुन भने
दल बहादुर बिरकट्ठा पनी नेपाल मगर संघ केन्द्रीय उपाध्यक्ष तथा राष्ट्रीय जनमुक्तिपार्टीका पनी उपाध्यक्ष हुन |

सहयोगीहरुको नामावली
( १ ) लुम्बिनी कपिलबस्तु दिवस अभियान ईजरायलको संस्थापक अध्यक्ष
मीना बन्तावा ज्युबाट =१५,०००
( २ ) माया घले-उदयपुर=१०,०००
( ३ ) फुर्पु लामा-सिन्धुपाल्चोक =३,०००
( ४ ) रन्जना श्रेष्ठ-चितवन भरतपुर हाल : ईजरायल =३,०००
( ५ ) भक्त पुन मगर-भागलुङ हाल : ईजरायल =१६,५०
( ६ ) दिना थापा मगर-गोरखा हाल : ईजरायल =३,०००
( ७ ) भीम कुमारी मगर-ओखलढुङ्गा हाल : ईजरायल =१५,००
( ८ ) एलिना पुलामी मगर-सोलुखुम्बु हाल : ईजरायल=३,०००
( ९ ) मन कुमारी पुर्जापुन मगर-म्याग्दी हाल : ईजरायल = ३१,५०
( १० ) सृजना पौडेल-( थापा मगर )बुटवल हाल : ईजरायल = १५,००
( ११) सविता राई – झापा हाल : ईजरायल = १५,००
( १२ ) सुमित्रा राई-उदयपुर हाल : ईजरायल=३,०००
( १३ ) गोमा मगर-धरान हाल : ईजरायल =३,०००
( १४ ) शोभा मगर-झापा हाल : ईजरायल = १५,००
——————————————————————
जम्मा टोटल=५४,०००

प्रतिकृया दिनुहोस्