एक हजार गर्लफ्रेण्ड भएका व्यक्ति : भन्छन्, ‘मेरो मनमा महिलाप्रति मायाको सागर छ’

काठमाडौं । टर्कीका एक टेलिभिजनकर्मीलाई त्यहाँको अदालतले एक हजार ७५ वर्ष जेल सजाय सुनाएको छ । ६४ वर्षीय आदनन अक्तरलाई यौ ‘न अ’प’रा’ध अभियोगमा यति धेरै कैद सजाय हुने फैसला सुनाइएको हो । उनीमाथि क’रणी र हिं ‘सा, ना’बाल’कको यौ’ न शो’षण’लगायतका अभियोगमा दोषी ठहर गरिएको हो । अदालतले अक्तरसँगै अरू दुई जनालाई २११ र १८६ वर्ष जेल सजाय सुनाएको छ ।

सञ्चारमाध्यमहरूका अनुसार अक्तर यो सँगै सन् २०१६ मा कू’को प्र’यास गरेको मुस्लिम समूह फे’तुल्ला’ह गु’लेन सँगको साँ’ठगाँ’ठमा पनि दोषी पाइएका छन् ।सुनुवाइका क्रममा अक्तरले आफ्ना झण्डै एक हजार जना गर्लफ्रेण्ड भएको बताएका थिए । ‘मेरो मनमा महिलाप्रति मायाको सागर छ । प्रेम मान्छेको गुण हो । यो एउटा मुस्लिमको गुण हो,’ उनले एउटा सुनुवाइमा भनेका थिए । अक्तर आफ्नो टेलिभिजन स्टुडियोमा महिलाले घेरिएर बसेका हुन्थे ।

सन् २०१८ मा इस्तानबुल प्रहरीले छा’पा हा’ने’र उनीसहित अरू दुई सय जनालाई पक्राउ गरेको थियो । उनले सन् २०११ मा अनलाइन टेलिभिजनको स्थापना गरेका थिए । क’रणी अ’भियोग लागेपछि सरकारले उनको सम्पत्ति पनि ज’फत गरेको छ । एजेन्सीयो पनि : चाणक्य नीतिका अनुसार यदि तपाईसँग यी ३ कुरा छन् भने धर्तीमै छ तपाईलाई स्वर्ग !

नीति शास्त्रका महान ज्ञाता चाणक्यको नीति सबैले मन पराउँछन् । चाणक्यले त्यस्ता केहि नीतिहरुको बारेमा जानकारी दिएका छन्,जसको पालन गरेपछि जीवनका समस्याहरु आफैँ हटेर जान्छ । चाणक्य नीतिका अनुसार हामीसँग यी तीन चीज भएमा हामीलाई स्वर्ग यहीँ छ ।१ आज्ञाकारी सन्तान : चाणक्य नीतिका अनुसार माता पिताका लागि आफ्नो सन्तानले आज्ञाको पालना गर्छ भने, त्यो नै उनीहरुका लागि स्वर्गको समान हुन्छ । यदि सन्तानले आफ्नो आज्ञा मानेन भने, त्यो नै उनीहरुका लागि नर्क बन्दछ ।

२ समझदार श्रीमती/श्रीमान : चाणक्यको नीतिशास्त्रका अनुसार श्रीमती सहयोगी, श्रीमानको कुरा सुन्छ भने त्यस्तो व्यक्तिको मन सधैँ प्रशन्न हुन्छ साथै उक्त व्यक्तिलाई स्वर्ग यहिँ छ ।त्यस्तै अर्को तर्फ श्रीमानले पनि श्रीमतीको कुरालाई मान्ने, श्रमितीसँग राम्रो व्यवहार गर्ने गरेमा उसलाई पनि स्वर्ग यहिँ छ ।३ पर्याप्त धन : चाणक्य नीतिका अनुसार मानिसलाई धर्तीमै स्वर्ग समान जिउनको लागि संस्कारी र समझदार श्रीमती तथा सन्तानका साथै पर्याप्त धनको पनि आवश्यक पर्दछ ।भनिन्छ पैसा सबै थोक होइन, तर पैसाले सबैथोक हुन्छ । त्यसैले सफल र सुखी जीवन बिताउन पैसा अनिवार्य छ ।

प्रतिकृया दिनुहोस्