नागको अन्डा देख्ने मान्छेको भाग्य चम्किने छ ॐ लेख्नुहोस्

भगवान शिव सपनामा देखिनु विपत्तिको नाश,देवी देखिएमा रोगबाट मुक्ति र सरस्वती सपनामा देखिनुभए ज्ञानमा वृद्धि हुन्छ। डाक्टर देखे रोग बढ्ने,अतिथी आएको देखे राम्रा खबर सुन्न पाईने,हुलाकी देखे नयाँ खबर आउन सक्ने, पुजारी देखे उन्नति हुन्न सक्ने,भिखारी देखे राम्रो समयको सुरुवात हुन सक्ने ,विधुवानारी देखे हानी हुन सक्ने ,जवान केटी देखे विवाहको योग बन्नसक्छ।गुरु देखे सफलता प्राप्ति मिल्दछ भने साधुसन्त देखे राम्रो समयको थालनी हुन सक्छ । साना नानी देखे सन्तान प्राप्ति हुन सक्ने र आफ्नै आमालाई सपनामा देखे सम्मान मिल्दछ ।

शिशुचलेको देखे हराएको वा लुकेको धन प्राप्ति हुने, दिदीवहिनी देखे पारीवारिक सुख मिल्नेछ भने दाजु भाई देखे नयाँ साथी मिल्ने सम्भावना हुन्छ र कन्या देखिएमा धनागम हुन सक्नेछ । पान खाएको देखे प्रेम प्राप्ति हुने सपनामा अन्डा खाएको देखे पुत्रप्राप्ति हुनसक्छ । हरियो तरकारी देखे धन प्राप्त,झन्डा देखे धार्मिक आस्था बढ्छ भने तलाऊ,समुद्र देखे इज्ज़त पाईन्छ ।

मासु देखे आकस्मिक धनलाभ भने आफुले मिठाई खाएको देखे बिरामी परिन्छ । नरिवल,केरा वा कागती देखे सन्तान प्राप्ति, पुजा पाठ गरेको देखे राम्रोकुरा प्राप्त, जुवा खेलेको देखे ब्यापारमा उन्नति प्रगति,तास देखे धनलाभ,दुध,दही देखे धनलाभ,कपास देखे स्वास्थ्यमा राम्रो हुन्छ भने रुद्राक्ष देखे शुभ समाचार सुन्न पाइन्छ। चन्दन देखे शुभ समाचार मिल्नेछ। नाचगान देखे अशुभ समाचार सुन्ने ।

प्रतिकृया दिनुहोस्