साहु खर्कका ७० वर्षीय चर्चित खीर बाजे : जसको मासिक दुई लाख’ आम्दानी’

सुदुर समाज – डडेल्धुरामा एक जनाले खीरको व्यापारबाट मासिक लाखौँ रुपैयाँ आम्दनी गर्ने गरेका छन्। डडेल्धुरा गान्यापधुरा गाउँपालिका–१ साहु खर्कका शेरबहादुर देउवाले भीमदत्त राजमार्गअन्तर्गत साहु खर्कस्थित विगत तीस वर्षदेखि खीर बेच्दै आएका छन्। ‘खीर बाजे’का नामले परिचित देउवा मासिक एकददेखि दुई लाखसम्म आम्दानी गर्ने गरेका छन्। सत्तरी वर्षीय देउवा अहिले पनि सक्रियरुपमा खीर बिक्री गर्न सफल व्यापारी छन्। ढल्कँदै गरेको उमेर भए पनि आजभोलि उनी अहोरात्र खटिएर खीर व्यवसाय गरिहेका छन्।

सुदूरपश्चिम प्रदेशको मुख्य विन्दुमा रहेको तथा सात जिल्लाको प्रमुख भीमदत्त राजमार्ग भएर ओहोरदोहर गर्ने जो सुकै पनि खीर बाजेको पसलमा खीर खाएरै जाने गरेका स्थानीयवासी रामबहादुर देउवाले बताए। सुदूरपश्चिममा मात्रै नभई सो बाटो भएर ओहोरदोहोर गर्ने जोसुकैले पनि देउवालाई खीर बाजेका नामले चिन्ने गरेको उनको भनाइ छ। उनले पकाएको खीर मीठो हुने भएकाले बाजको खीर पसलमा दैनिक ग्राहकको भीड लाग्ने गरेको स्थानीयवासी प्रकाश थापाले बताए।

खीर व्यवसायबाटै लाखौँ रुपैंयाँ आम्दानी गर्न सफल भएका देउवाका छोरा पनि अहिले खीर व्यवसायमा नै बुबाललाई सघाउँदै आएका छन्। भीमदत्त राजमार्गमा यातायात सञ्चालन शुरु भएसँगै खीर व्यवसाय गरेका देउवाको सिको गर्दै आजभोलि साहु खर्कमा करीब एक दर्जन खीर पसल स्थापना भएका छन्। प्राकृतिक हिसाबले पनि रमणीय रहेको साहु खर्क क्षेत्रलाई बाजेको खीर पसलले झनै चर्चामा ल्याएको छ। आजभोलि साहु खर्कलाई खीर बजारका नामले चिनिँदै आएको छ।

बाल्यकालमा काँग्रेस सभापति देउवासंगै गोठालो जान्थे खीरबाजे पनि”
भीमदत्त राजमार्ग किनारमा रहेको पसलमा दैनिक खीर बनाउने र बेच्ने उनको दैनिकी नै बनेको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको उनी बालसखा पनि हुन् । काँग्रेस सभापति देउवासंग गाउँमा वाल्यकालमा सँगै गोठालो जाने गरेको पनि उनी सम्झन्छन् । दुवैको नाम पनि एउटै, आफु गाउँछाडेपछि तराई झरेको र तराईमा बस्ने घर एलानीमा परेपछि पुनः पहाड उक्लिएर सडकको किनारमै ३ वटा भैँसी पालेर खीर बनाउन काम सुरु गरेको उनी बताउछन् ।

पूर्व प्रधानमन्त्री देउवा पनि डडेल्धुरा जाँदा सकेसम्म खीर बाजेकोमा पसेर खीर खाने गर्दै आएका छन् । सेतै कपाल, झुस्स दाह्री र चाउरी परेका गाला देउवाले चिया र खीर बनाउनको लािग दैनिक करिब ७० लिटर दुध खपत गर्ने गरेका छन् । त्यही खीर र चियाको आम्दानीले देउवाले २ छोरा, र नाती नातिना गरी १० जनाको परिवार धानेका छन् ।

खीर बाजेको नाम सुन्ने वित्तिकै ग्राहकहरु भुतुक्कै
रातदिन नै खुला रहन्छ बाजेको पसल उनका दैनिक ग्राहक यात्रु नै हुने गरेका छन् । रातिको यात्रा गर्नेले पनि उनको खीर र चियाको स्वाद लिन पाउन गरेका छन् । खीर खान पुग्नेहरु उनको नाम सुन्ने वित्तिकै पहिला धित मरुञ्जेल हाँस्ने गरेका छन् । र , अनि थप कुराहरु कोट्याउदै खीर खाने गर्दछन । खीर पसलमा अहिले घरपरिवारको साथ सहयोग त छदै छ थप विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरले, दूधका नयाँ परिकार बनाउनदेखि आधुनिकरुपमा गड्डीभैसी पालनमा सहयोग गरेको भेटेरिनरी,

अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराले जनाएको छ । खीरबाजेको नगद आम्दानीको मूल स्रोत भने अहिले खीर नै बनेको छ । बाजे खीरमात्र बनाउने होइनन् उनको सानोतिनो खेतबारीले पनि उनको घरखर्च जुटाउन मद्दत गर्छ । खीरको मोहले दुनियाँलाई यतिसम्म तानेको छ राजमार्जमा यात्रा गर्ने जो कोहीको पनि बाजेको खीर रोजाई बनेको छ । नाम मिल्दा जुरेको संयोगले भने खीर बाजेलाई फाइदा नै भएको छ ।

प्रतिकृया दिनुहोस्