घरमा काम गर्न राखेकी महिलामाथि यतिसम्म हर्कत गर्ने व्यक्ति १ वर्षपछि समातिए

काठमाडौं । उपचार सहयोगीको बहानामा भारत लगेर वृद्धामाथि अनैतिक काम गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले एक जनालाई पक्राउ गरी अनुसन्धान थालेको हो ।

पक्राउ पर्नेमा लमजुङको बेँसिशहर घर भई हाल काठमाडौँको चन्द्रागिरि नगरपालिका–५ बस्ने चन्द्रबहादुर अधिकारी रहेको ब्यूरोले एक विज्ञप्ति जारी गरी जनाएको छ ।

श्रीमतीको उपचारका लागि भारत लैजानुपर्ने भएकाले उनको हेरचाहका लागि भन्दै लगेर वृद्धामाथि गलत काम गरेको निवेदनका आधारमा पक्राउ गरिएको ब्यूरोका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिनुभयो ।

जानकारी अनुसार यसअघि वृद्धालाई उनले घरेलु कामदारका रुपमा राख्दै आएका थिए । घटना गत वर्ष पुसको हो । उनले वीरगञ्जको रक्सौलहुँदै कोलकाता लगेर गलत काम गरेको भनी जाहेरी परेको जनाइएको छ । त्यसपछि अधिकारी फरार थिए ।

सोही निवेदनका आधारमा खोजी अभियानका क्रममा उनलाई चितवनको तोरीखेत भन्ने स्थानमा लुकिछिपी बसेको अवस्थामा शनिबार पक्राउ गरी काठमाडौँ ल्याइएको छ । उनको विषयमा थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

प्रतिकृया दिनुहोस्