हार्दिक बधाई:७६ वर्षमा एकसाथ डिग्री पास गर्ने भाग्यमानी दम्पत्ति

काठमाडौ। ४५औँ त्रिवि दिक्षान्त समारोहको एउटा तस्विर निकै भाइरल भयो । ७६ वर्षका एक व्यक्ति त्यहाँ दिक्षित भएका थिए । टियु नोटिसको पेजमा त्यहि तस्विर सेयर गरेर लेखिएको थियो, इटालीका प्रसिद्ध चित्रकार मिचेलेङेलोले ८७ वर्षको उमेरमा भनेका थिए, ‘म अझै सिक्दैछु ।’ त्रिविको उक्त पेजमा जसको तस्विर थियो, उनी थिए, उमेश्वरमान प्रधान ।

जसले दोस्रो डिग्री लिएका थिए । दिक्षान्तरमा सहभागी हुने उनी एक्ला थिएनन्, उनीसंगै उनकी जिवनसंगीनी केशरी मैयाँ प्रधान पनि थिईन् ।उनले पनि त्यहाँ दोस्रो डिग्री हात पारेकी थिईन् । दुवैको उमेर समान छ । ७६ वर्षको उमेरमा एकसाथ दिक्षित हुन पाउने यि भाग्यमानीको कथा कम्ता रोचक छैन । जिवनको आरोह–अवरोह पार गर्दै बुढेशकालसम्म एकअर्काको सारथी हुन पाउने मौका कमैले पाउँछन् ।

यिनै भाग्मानीमध्य पर्छन्, केशरी–उमेश्वर । केशरीले उमेश्वरले एकअर्कालाई स्याहार गरे, आड–भरोसा दिए, मायाले पुलकित बनाए र त जागीरे जीवनको बाबजुत घरका अग्रजको स्याहार गर्दै दुई सन्तानलाई पनि हुर्काए । बिचमा पढ्ने इच्छा नभएको होइन । तर व्यवहारले गाँजेको थियो । नत्र त यो जोडीले कैयौँ विषयमा मास्टर डिग्री सक्थे अथवा नामको अघि डाक्टर लेखाउँथे ।

प्रतिकृया दिनुहोस्