कार्तिक २३ गते आइतबार, यस्तो छ तपाईको राशिफल

आगामी ३ दिनभित्र पर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :–
२३ गते : अष्टमी व्रत, गोरखकाली पूजा, राधाष्टमी, मूहुर्त : रुद्राभिषेक(शिववास जुरेको, रुद्री÷पूजा गर्न मिल्ने दिन), २४ गते : मूहुर्त : अग्निवास(सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), कलशचक्र, २५ गते : भद्रा करण दिनको ११।३१ बजेदेखि राती १०।३८ बजेसम्म, महागुरु फाल्गुनन्द जयन्ती, मूहुर्त : कलशचक्र,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने दिन छ । दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । अप्रत्याशित लाभ हुनेछ । नयाँ कामका स्रोत फेला पर्लान् । धन मान पाउने योग छ । नोकरी तथा राजनितीमा आफ्नो बर्चस्व बढाउन सकिने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
स्वास्थ्यको विशेष ख्याल गर्नु होला । धन नाश हुने योग छ । अनावश्यक झमेलामा परिएला । खानामा सावधान रहनु होला । खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
अन्नको काममा लाभ हुने दिन छ । साथै कसैबाट समर्थन पाउने दिन छ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । काम गर्न जाँगर चल्नेछ । उत्साहवर्द्धक समय छ, आम्दानी बढ्न सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
नसोचेको ठाँउबाट धन लाभ भइ मन हर्षित हुने छ । आफुले सोचेभन्दा बढी नै लाभ हुन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । अचानक उपहार मिल्ने योग छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी घर परिवारबाट सुख शान्ती पाइने छ । लामो यात्राको योग छ । साथै, धनमाल कमाउने दिन छ । कमाइ रामैसंग हुनेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
व्यर्थको खर्चले मन पिरोल्ला । सोच्दै नसोचेको ठाँउमा पैसा खर्च होला । मनमा चिन्ता बढ्ने योग छ । साथै, धनमाल हराउन सक्छ । समय त्यति राम्रो छैन । गलत विचार बढ्ने छ । समयमा सहि निर्णय गर्न सकिदैन ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
प्रियजनसँगको भेटले मन प्रफुल्ल रहला । भाग्यले साथ दिने छैन । खर्च बढ्ने, लेन देनमा विवाद बढ्नेछ । संयम भएर काम गर्नुहोला । व्यवहारिक चिन्ताले सताए पनि प्रयास गर्दा जटिल कार्यहरु पनि बन्नेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
बचत हुने प्रवल सम्भावना छ । नँया कामका योजनाहरु बन्ने सम्भावना छ । व्यापारमा सफलता पाउनुहोला । यात्रा गर्ने अवसर पनि मिल्नेछ । आज तपाइको खर्च भन्दा कमाइ नै बढी हुने योग छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । अधुरा काम बन्ने योग छ । नोकरी तथा राजनितीमा सफल भइएला । पैसो कमाउने योग छ । साथै पारिवारिक सुख मिल्ने दिन छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
वादविवादको सामना गर्नु पर्नेछ । आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन् । परिश्रमले काममा रुचि बढ्ने र आर्थिक क्षेत्रमा राम्रो प्रगति होला । कडा प्रायस गरे पनि सफलता हात लाग्ने बेलामा बादविवाद हुन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । व्यापारमा सफलता पाउने, यात्रामा रमाउने र भेटघाटमा सहयोग पाउने योग छ । केहीले सम्मान गर्नेछन्, केहीले अनावश्यक डर देखाउने किसिमको मिश्रित समय छ ।

प्रतिकृया दिनुहोस्