गैंडाकोटमा फेरि यस्तो, एकाएक कहाँ गायब भए मनोज भट्टराई आमा रुदै मिडियामा (भिडियो हेर्नुहोस )

नवलपुरमा एकै परिवारका दुई दाजुभाई हराएको दुई दिन पछि निधन भएको अवस्थामा फेला परेको घटना सेलाउन नपाउँदै फेरी एक आमा आफ्नो छोरा हराएको भन्दै सार्वजनिक भएकी छन् । एक जना महिला आफ्नो जवान छोरा हराएको २ महिना भइसक्दा पनि फेला नपरेको भन्दै खोजीमा छन् । लक्ष्मी भट्टराई नाम गरेकी महिला आफ्ना छोरा मनोज भट्टराई हराएको भन्दै खोजीका लागि आग्रह गर्दै मिडियामा आएकी हुन् । घरको गेट खुल्दा पनि छोरा आयो की भन्ने लाग्छ । मध्यरातमा उठेर हेर्ने गर्छु उनले भनिन्, घर जजिकै प्रहरी छ तर यो प्रहरी हामीलाई केही काम लागेन उनले भनिन् । उनी अक्फोर्ड कलेजमा काम गर्थे ।

संगै पसल पनि गर्न थाले । तर बुवाले अब म पसलमा बस्न सक्दिन पसल बेचौं भनेपछि उनले बरु म जागिर छोड्छु पसल नबेचौँ भनेर पसल चलाउँदै आएका थिए । साँझ पसलवाट आमालाई घर जानुस् भनेर बसेका छोरा पसलवार्ट हराएको आमाले बताएकी छन् । साँझ अवेर सम्मपनि छोरा घर फर्केर नआएपछि खोजी गर्दा अहिले पनि फेला परेका छैनन् । पसलमा दिनभरी भएको ब्यापारको पैसा, आफ्नो मोवाइल, र पसलको साँचो पनि पसलमा रहेको आमाले बताइन् । छोरा हराएको दिन देखि लगातार ४ दिन ठूला पानी परेका कारण राम्रो संग खोज्न पनि नपाएको बताएकी छन् । उनका दाई पनि विदेशमा छन् । भएका छोराहरु पनि अहिले काखमा कोही नहुँदा वृद्ध अवस्थाको आमा निकै दुखी भएकी छन् । विवाह गरेको एक वर्ष पछि नै छोरा हराएका हुन् । श्रीमान श्रीमति पनि राम्रोसंग परिचित हुन नपाउँदै छोरा अचानक हराएका हुन् । भिडियो :

प्रतिकृया दिनुहोस्