स्कुटर सिक्ने क्रममा आफ्नै घरको पर्खालमा ठोक्किएर बुटवल बहुमुखी क्याम्पसका सहप्राध्यापक डा. पौडेलको निधन

बुटवल । बुटवल बहुमुखी क्यापम्सका सहप्राध्यापक डा.शिव पौडेलको सवारी दु र्घटनामा परि मृ त्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १ का स्थायी बासिन्दा पौडेलको स्कुटर सिक्ने क्रममा आफ्नै घरको पर्खालमा ठोक्किएर मृ त्यु भएको हो ।

पर्खालमा ठोक्किएर ग म्भीर घा इते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृ त्यु भएको हो । नयाँ स्कुटर खरिद गरेर सिक्ने क्रममा घर अगाडीको पर्खालमा ठोक्किएपछि उनलाइ उपचारका लागि रुपन्देहीको मणिग्रामस्थित क्रिमशन अस्पतालमा लैजादै गर्दा बाटोमै मृ त्यु भएको आफन्त हरि पौडेलले बताए ।लामो समयदेखि बुटवल बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै आएका पौडेलले असोज १ गतेबाट बुटवल बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुखको जिम्मेवारी पाएका थिए । उनी काशी बिश्वविद्यालय बनारसका नेपाली विभागका प्रध्यापक समेत भएका थिए ।

प्रतिकृया दिनुहोस्