सोच्नै नसक्ने गरि एक्कासी ह्वात्तै घट्यो सुनको भाउ : हेर्नुहोस तपाइको होस् उड्नेछ

काठमाडौं। आज नेपाली बजारमा एकै दिन सुनको भाउ तोलामा तीन हजार ४०० रूपैयाँ घटेको छ।सोमबार प्रतितोला ९८ हजार २०० रूपैयाँ रहेको छापावाल सुनको भाउ आज ९४ हजार ८०० रूपैयाँ छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार सुनको भाउमा एकै दिन ठूलो गिरावट आएको हो।यस्तै आज तेजाबी सुनको भाउ ९४ हजार ३०० रूपैयाँ कायम भएको छ। सोमबार तेजाबी सुनको भाउ तोलामा ९७ हजार ७०० रूपैयाँ थियो।

महासंघले आजको मूल्य तोक्दै चाँदीको भाउ पनि घटेको जानकारी दिएको छ।साेमबार प्रतितोला एक हजार २८५ रूपैयाँ कायम रहेको चाँदीको भाउ आज एक हजार २१५ रूपैयाँ कायम छ। जुन ७० रूपैयाँको गिरावट हो।

कोरोनाको खोप बनेको खबर सँगै सुनचाँदी बजारमा उच्च गिरावट

एजेन्सी । फार्म कम्पनीले कोभिडको खोप घोषणा गरेको एक मिनेटमा सुनको मूल्य १००० ग्राम प्रति १० ग्रामले घटेको छ । जबकि चाँदीको मूल्य पनि प्रति किलोग्राम २००० रुपैयाँ घटेको छ ।

वास्तवमा फाइजरले उत्पादन गरेको खोपको प्रभावकारीता ९० प्रतिशत भएको दावी गरेको छ । कोरोना महामारीको संकट टरेरका कारण सुनको मूल्य कम हुने लगानीकर्तामा मानोवैज्ञानिक प्रभाव परेका कारण सनुच र चाँदीको मूल्य घट्न थालेको हो । अमेरिकन कम्पनी फाइजर र जर्मन पार्टनर बायोएनटेकले कोरोनाभाइरस खोप विकास गेरेको घोषणा गरेको छ ।

मल्टी कमोडिटी एक्सचेन्ज(एमसीएक्स)मा डिसेम्बरको गोल्ड फ्यूचर्सको मूल्य २ प्रतिशत अर्थात १००० रुपैयाँ प्रति १० ग्राम गिरावट भएर ५११६५ रुपैयाँ भारु भएको छ । एमसीएक्समा सुन ५०६७७ देखि ५२५२० रुपैयाँमा कारोबार भइरहेको छ । विश्व बजारमा सुनको मूल्यमा २ प्रतिशतले गिरावट भइ १९०९.०० डलर प्रति औंस पुगेको छन्यूयोर्कमा सुनको मूल्य ०.४३ प्रतिशतले वृद्धि भएर कारोबार भइरहेको थियो । उहि चाँदी ०.७५ प्रतिशतले बढेर कारोबार भइरहेको थियो ।

पहिलो त्रैमासमा कामना सेवाका अधिकांश सूचकहरुमा उल्लेख्य वृद्धि

कामना सेवा विकास बैकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २०.०१ करोड नाफा आर्जन गर्न सफल भएको छ जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९७३ प्रतिशतको वृद्धि हो । बैंकले गत आ.व.को यसै अवधिमा १.८७ करोड खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिको तुलनामा खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ५२ प्रतिशत र २२३ प्रतिशतभन्दा बढी हो । बैंकले गैर सञ्चालन आम्दानी लगायत खुद व्याज आम्दानी र सञ्चालन आम्दानीमा समेत उल्लेख्य वृद्धि गर्न सफल भएको कारण बैंकको खुद नाफामा वृद्धि भएको हो ।

बैंकले असोज मसान्तसम्म रु ३६ अर्व ७२ करोड निक्षेप संकलन गरी रु २९ अर्व ९३ करोड कर्जा प्रवाह गरेको छ । जुन अघिल्लो आ.व.को सोही अवधिको तुलनामा क्रमशः ४४ प्रतिशत र ३६ प्रतिशतको वृद्धि हो । बैंकको प्रति शेयर आम्दानी ३१.५१ प्रतिशत छ भने प्रति शेयर नेटवर्थ १२२.६२ र मूल्य आम्दानी अनुपात ७.०८ गुणा रहेको छ । यस अवधिमा बैंकको आधार दर ९.२८ प्रतिशत, सीसीडी रेसियो ७७.४३ प्रतिशत र पुँजीकोष अनुपात १२.४४ प्रतिशत रहेको छ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा ब्त्ः मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । बैंकले ब्द्यद्यक्, क्ःक् द्यबलपष्लन, ःयदष्भि द्यबलपष्लन, ऋ(ब्क्द्यब्, इलष्लिभ द्यबलपष्लन, क्यअष्ब िःभमष्ब द्यबलपष्लन लगायतका माध्यमबाट सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ

प्रतिकृया दिनुहोस्