फेसबुकबाटै व्यवसाय, लागेका महिला वा पुरुष फेसवुक यसरी हुन्छ सम्पर्क !

तपाईलाई फेसबुकमा कुनै अपिरिचित केटीले वा केटाले फ्रेण्ड रिक्वोइस्ट पठायो भने सिधै एसेप्ट नगरिहाल्नुस । उसको प्रोफाइल हेर्नुहोस, एक पटक । उसको ठेगाना, उसका साथीहरु, उसले पहिले गरेका पोष्टहरु यी सबै हेरेपछि चित्त बुझे मात्र एसेप्ट गर्नु होस । नचिनेका केटा वा केटी सिधै रिक्वोइस्ट एसेप्ट गर्दा तपाईको फ्रेण्ड यौ*न व्यव*सायी पनि पर्न सक्ने संभावना छ । किनकी अचेल मध्यस्थकर्तामार्फत हुने अधिकांश यौ*न व्यवसाय सामाजिक सञ्जाल (इन्टरनेट) र मोवाइलको सहायताले हुन थालेको छ । फेसबुकमा पहिले हलोहाई भन्ने बिस्तारै पारिवारिक र आर्थिक अवस्थासम्म कुराकानी हुने र पछि फोन मार्फत भेट्ने कुरासम्म पुग्ने गरेको एक यौ*न व्यवसायी बताउछन ।

यौ*न व्यवसायमा लागेका महिला वा पुरुष फेसवुक वा इन्टरनेटको माध्यमबाट मोलमोलाई देखि भेट्ने स्थानसम्मका कुरा तय गर्छन । यसरी समाजिक सञ्जाल मार्फत व्यवसाय चल्न थालेपछि यो व्यवसायमा बिचौलियाको प्रभाव घट्दै गइरहेको छ । उमेर ढल्केका केही यौ*नक*र्मी अझै पनि युवायुवतीको बिचौलिया बनेर कमाई गरिरहेका पनि छन ।तर तिनीहरुको संख्या एकदमै कम छ अहिले । बिचौलियाका कारण पहिले उनीहरूको आम्दानी कम हुन्थ्यो । आधाआधा गर्नु पर्दथ्यो । तर अहिले मोबाइल, इन्टरनेटको सहयोगले सीधै ग्राहकसम्म पहुँच पुगेको छ । पढेलेखेकाले त अहिले ग्राहकसंग विदेशबाट गिफ्टसमेत मगाउँछन् । राजधानीका तारेहोटेलदेखि डान्सबारसम्म, गेस्ट हाउसदेखि भट्टीसम्म, बसपार्कदेखि सडकपेटीसम्म यौ*न व्यवसाय फस्टाउदो छ ।

यो व्यवसायको स्थान, शैली परिवर्तन भइरहेको होला पेसा परिवर्तन भएको छैन । मध्यस्थकर्तामार्फत हुने अधिकांश यौ*न व्यवसाय अहिले सामाजिक सञ्जाल (इन्टरनेट) र मोवाइलको सहायताले हुन थालेको छ । ग्लोबल फन्डले गरेको आईबीबीएस (इन्टिग्रेटेड बायोलोजिकल एन्ड बिहेवियरल सर्भिलेन्स) सर्भेक्षणले राजधानीमा मात्र ३० हजार यौनकर्मी महिला रहेको औंल्याएको छ ।तर त्यसको दुई गुना बढी महिला यौ*न व्यवसायमा रहेको यौ*नक*र्मी महिलाका क्षेत्रमा कार्यरत संस्थाको दाबी छ । पुरुष यौ*नक*र्मीको संख्या पनि त्यो भन्दा बढी रहेको सस्थाको अनुमान छ । यौ*न व्यवसायीको क्षेत्रमा कार्यरत महिला अगुवाहरूका अनुसार नेपालमा पाँच प्रकारका यौ*नक*र्मी छन् ।

पहिलो श्रेणीका यौ*नक*र्मी जो महंगा गाडी चढ्छन् । उच्च घरानाका उनीहरू बाहिर कमैमात्र देखिन्छन् । उनीहरूका पार्टनर पनि उच्च ओहदाकै हुन्छ । ती यौ*नक*र्मिको कमाइ महिनामा कम्तिमा डेढदेखि दुई लाखसम्म हुन्छ । दोस्रो श्रेणीका यौ*न व्यवसायी जो सम्पर्कका आधारमा मात्र व्यवसाय गर्छन् ।ठूलठूला होटेलको सम्पर्कमा हुन्छन् । होटेलले सम्पर्क गरे मात्र उनीहरु व्यवसायमा जान्छन् । उनीहरू ग्राहक खोज्दै हिँड्दैनन् । सधैं व्यस्त पनि हुँदैनन् । उनीहरु थोरै समयमा मनग्यै कमाउँछन् । उनीहरूको कमाइ महिनामा एक लाख देखि डेढ लाख आसपास हुन्छ ।

तेस्रो प्रकारका यौ*न व्यवसायी जो डान्सबार, गेस्ट हाउसलाई आफ्नो सम्पर्क स्थान बनाएर व्यवसाय गर्छन् । उनीहरू डान्सबारलाई सम्पर्क स्थान बनाएर मोबाइलमार्फत सम्पर्क गरेर ग्राहकले बोलाएको स्थानमा पुग्छन् वा आफुले बोलाउँछन् । उनीहरूको कमाइ महिनामा ५० हजारदेखि एक लाखको आसपासमा हुन्छ । यसमा पनि यौ*नक*र्मिको उमेर, , सुन्दरता, क्षमता, अनुभव, सम्पर्कका आधारमा कसैले यो भन्दा बढी पनि कमाउछन् । चौथौ प्रकारका यौ*न व्यवसायी भनेका ग्राहक फेर्दै र खोज्दै हिँड्दैनन् ।उनीहरूका नियमित ग्राहक एउटै हुन्छन् । उसैबाट तिनीहरूले आफ्ना सबैजसो आवश्यकता पूर्ति गर्छन् । लामो समयपछि मात्र सहमतिमा उनीहरू पार्टनर परिवर्तन गर्छन् ।

उनीहरूको कमाइ पुग्ने जति हुन्छ । धेरै हुदैन । घरव्यवहार चलाउन पुग्ने हुन्छ । र पाँचौं किसिमका यौ*नक*र्मी उमेर ढल्कदै गएका हुन्छन् । थोरै पैसाका लागि पनि उनीहरू यौ*न बेच्न तयार हुन्छन् । सडकपेटीमा, भट्टीमा उनीहरू सय, पचास रुपैयाँ कमाउनका लागि समेत राजी हुन्छन् । यिनै यौ*नक*र्मीमा एड्सको खतरा बढी रहेको पाइएको छ ।पैसाको लोभमा कण्डमको प्रयोग नै नगरि यौ*न स*म्पर्क राख्दा एचआईभीको जोखिम हुन्छ । यौ*न तथा प्रजनन स्वास्थ्य विज्ञहरुका अनुसार नेपालमा असुरक्षित यौ*न स*म्प*र्कका कारण ९० प्रतिसतलाई एचआईभी संक्रमत भएको पाइएको छ ।उमेर ढल्कदै गएपछि ग्राहक नपाउने पिरलोका कारण धेरै जसो प्रौढ यो*नक*र्मिमा डिप्रेसनको समस्या हुन्छ । पहिले बिन्दास पाराले खर्च गर्ने बानी परिसकेको हुनाले उमेर छिप्पिदै गएपछि उनीहरुको कमाईको श्रोत घट्दै जाने हुनाले उनीहरुलाई खर्चको जोहो गर्न मुस्किल पर्छ ।

राजधानीलगायत नेपालका प्रमुख सहरहरू धरान, विराटनगर, नारायणघाट, पोखरा, नेपालगन्ज, बुटवल, धनगढी, वीरगन्जलगायत सबै सहरमा यौ*न व्यवसाय फस्टाउँदो छ । एक यौ*न व्यवसायीका अनुसार यी सबै ठाउँंमा गरेर महिनामा करिब ५० करोडांै रुपैयाँ बराबरको कारोवार हुन्छ । निजामती सेवादेखि प्रहरी, सुरक्षा निकाय, राजनीतिज्ञ, सवारीचालक, व्यापारी, उद्योगी यी सबै यौ*नक*र्मिका ग्राहक हुन् ।नेपालमा हुने यौ*न व्यवसायमा हुने करोडौं आम्दानी आखिर कहाँ खर्च भइरहेको छ त ? यौनकर्मी (महिला वा पुरुष) ले कमाउने करोडौं रुपैयाँ कहाँ लगानी गरिरहेका छन् त ?मोजमस्तीमै उडाइरहेका छन् त ? कि उत्पादनमूलक काममा खर्च गरिरहेका छन ? यी प्रश्नको उत्तर सहज छैन । यौ*नक*र्मी महिलाका क्षेत्रमा कार्यरत सस्थाका अनुसार अधिकांश यौ*नक*र्मी महिलाको आम्दानी फजुल खर्च भइरहेको छैन ।

उनीहरूको आम्दानी आफ्ना बालबालिकाको पढाइमा, परिवारको लालनपालनमा खर्च हुने गरेको छ । त्यसबाट बचेको केही रकममात्र उनीहरुले भविष्यका लागि बचत गर्ने गरेका छन् । नेपालमा यौ*न व्यवसायमा रहेका ठूलो संख्यामा रहेका यौ*नक*र्मी महिला पढेलेखेका छैनन् । उनीहरू कुनै न कुनै बाध्यता र विवशताले यो पेसामा आएका छन् ।त्यसैले उनीहरू आफूले कमाएको पैसा आफ्ना बालबालिका र परिवारका सदस्यको शिक्षादीक्षाका लागि खर्च गर्ने गरेका छन् । ताकि भोलिका दिनमा आफ्ना सन्तानले यौ*न व्यवसाय गर्नु नपरोस् । यसका अलावा घरपरिवार, आमाबुबाको पालनपोषण, औषधिउपचारमा पनि खर्च हुने गरेको छ ।

प्रतिकृया दिनुहोस्